Play

अब २०८४ मा हुने चुनाब पनि काँग्रेसको सरकारले नै गराउनेछ-कांग्रेस महामन्त्री थापा

काम गर्दै गएपछि कांग्रेसको सरकार आफै बन्ने र पार्टीको महाधिबेशन २०८२ पुषमा हुने थापाको दाबी


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आसन्न २०८४ सालमा हुने चुनाब नेपाली कांग्रेसकै सरकारले गर्ने बताएका छन्। पोखरामा नेपाली काँग्रेसका कार्यकर्ताहरुको भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

केहिदिन अगाडीमात्र नेकपा माओबादी केन्द्रसंगको गठबन्धन भत्किएर नेपाली काँग्रेस सरकारभन्दा बाहिर पुगेको छ र अहिले नेपाली काँग्रेस प्रतिपक्षमा बसेको छ। आफ्नो पार्टी प्रतिपक्षमा पुगेको केहि दिनमा पोखरा आएका काँग्रेस महामन्त्री एबम नेपाल सरकारका पूर्व स्वास्थमन्त्री गगन थापाले २०८४ मा हुने चुनाब नेपाली कांग्रेसको सरकारले नै गर्ने बताएका  छन्। तर कुन कुन पार्टीसंग मिलेर सरकार बनाउने र चुनाब गराउने भन्ने बारेमा उनले केहि बताएनन् ।

उनले भने  “देशमा भएका पटक पटकका चुनाब नेपाली काँग्रेसले नै गराएको छ र अब २०८४ मा हुने चुनाबपनि नेपाली काँग्रेसले नै गराउने छ, कम्युनिष्टसहितको गठबन्धनको सरकार कहिले जाला वा झर्ला भनेर बस्ने हैन, हामीले आफ्नो काम गर्दै जाउँ, आफैं आउँछ काँग्रेसको सरकार। सरकारलाई हामीले पछ्याउने हैन सरकारले नै हामीलाई पछ्याएर आउनेछ ।यो बेलामा हामीले पाएको प्रतिपक्षको जिम्मेवारी प्रभाबकारी ढंगले निर्बाह गरौ ।”

महामन्त्री थापाले अहिले गठबन्धन भत्किएको प्रसंगमा माओबादीले नक्कली कुरा गरिरहेको र अनेक बहानाबाजी गरेको बताए। “माओबादी संगको गठबन्धन स्वभाबिक गठबन्धन थिएन, त्यसैले अहिले  नभत्किएपनि केहि दिन वा महिनामा भत्किने निश्चित थियो, माओबादीलाइ बहाना चाहिएको थियो तर अहिले माओबादीले देखाएका बहाना भने सबै नक्कली हुन् ।

अबको चुनाबमा गठबन्धन गर्ने बारेमा कुनै कुरा नसोचिने बताउदै उनले भने। “निर्बाचन अगाडिको गठबन्धनले आम मतदाताको मत काँग्रेसलाइ प्राप्त हुनसकेन, मतदाताको स्वतन्त्रता हनन गर्ने काम भयो तसर्थ अब निर्बाचन अगाडी गठबन्धन गर्नेबारेमा केहि सोचिदैन।”

पछिल्लो समयमा सुन काण्डको छानबिन गर्न गठित जांचबुझ आयोगको रिपोर्टलाइ हेर्ने हो भने सरकारमा बस्नेहरुले गरेको अपराध सम्बन्धमा प्रहरीले अनुसन्धान गर्ननसकेको स्पष्ट भएको भन्दै पूर्वमन्त्री एबम सांसद गगन थापाले अहिले पनि सहकारी र सुन लगाएत विभिन्न काण्डमा मुछिएका मन्त्री र पूर्व मन्त्रीका बारेमा सरकार र प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने र वास्तविक अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले अरु सबै पार्टी मिलेपनि ति संग भिड्न र जुध्न सक्ने काँग्रेसको शक्ति निर्माण गर्न सबै लाग्नुपर्नेमा समेत जोड दिए तर उनले काँग्रेसको शक्ति अरुसंग भिड्ने कुरामा भन्दा पनि आफ्नै पार्टीका कार्यकर्ताहरु एकआपसमा भिड्ने र गुट उपगुट जोगाउने नाममा खर्च भैरहेको कारण कांग्रेस कमजोर बन्दै गएको स्पष्ट पारे ।

महामन्त्री थापाले २०८२ सालको पुषसम्ममा नेपाली काँग्रेसको महाधिबेशन हुने बताए । पार्टी संगठन संचालन सम्बन्धि ३० बुँदाको कार्ययोजना महासमिति बैठकबाट पास भएको र अब केन्द्रीय कार्य समितिले त्यसको स्पष्ट खाका ल्याउने भन्दै २०८२ को बैशाखभित्रमा क्रियाशील सदस्यको टुंगो लागिसक्नुपर्ने उल्लेख गरे । “अब १२ महिना अर्थात् ८२ सालको बैशाखसम्ममा क्रियाशील सदस्यता वितरण गर्नेगरि आबश्यक काम केन्द्रीय समितिले शुरु गरिसकेको छ” थापाले भने । उनले आगामी असार ११ भित्र सबै भात्रीसंस्थाको महाधिबेशन गर्नुपर्ने र महाधिबेशन गर्न नसक्ने संस्थाको समिति बिघटन गरिने समेत जानकारी दिए ।

चुनाबको लागि उमेद्वार चयन गर्ने प्रक्रियालाइ ब्यबस्थित बनाईने र चुनाब जित्न सक्नेलाइ मात्र टिकेट दिईने उनले बताए । महामन्त्री थापा पोखरामा आयोजित गल्फ प्रतियोगिता र युवा उध्धमीहरुको कार्यक्रमका लागि पोखरा आएका थिए ।

 

३ चैत्र २०८०, शनिबार २१:०१ मा प्रकाशित
Nabintech