Play

पोखरा-७ का प्रजातन्त्रका सेनानी अग्निलाल बरालको निधन

पोखरा-७ का काँग्रेस सभापति नबिन र प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष हेमराजलाइ पितृशोक


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका पुराना नेता, प्रजातन्त्रका सेनानी  पोखरा महानगरपालिका -७ निबासी अग्निलाल बरालको ९० वर्षको उमेरमा निधन भएको छ । राजनीतिक, सामाजिक एबम धार्मिक क्षेत्रमा बिशेष रुची राख्ने बरालको बुधबार मध्यान्ह पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सामान्य स्वास्थ अवस्था रहेका बराल अचानक बिरामी परेपछि बुधबार बिहान  उपचारको लागि मणिपाल अस्पताल लागिएको थियो ।

‘बुवाले  केहि औषधिहरु नियमित रुपमा सेवन गर्ने गरेको भएपनि स्वास्थअवस्था भने सामान्य नै रहेको थियो । अचानक बिहान स्वास्थमा समस्या देखिएपछि उपचारको लागि अस्पताल लागिएको थियो। ‘  छोरा नबिन बरालले गुरुकुलखबर संग भने ।

स्वर्गीय बरालका छोराहरु मध्ये जेठा छोरा हेमराज बराल लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न थिए । नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष समेत रहेका बराल हाल अमेरिका छन् । यसै गरि अर्का छोरा नबिन बराल नेपाली काँग्रेसको राजनीतिमा क्रियाशिल छन् उनि बराल नेपाली काँग्रेस पोखरा महानगरपालिका -७ को सभापति समेत हुन् ।

स्व. बरालका जेठा छोरा हेमराज, माहिला छोरा देबराज, साहिला छोरा नबिन, काइँला सुन्दर र कान्छा छोरा पबित्र बराल हुन उनका ८ जना छोरी रहेका छन स्व. बरालका धर्मपत्नी दुई जना रहेपनि दुवै जनाको निधन भैसकेको छ ।

स्व. बरालको अन्त्येष्टि भने संभवत सुक्रबार मात्र हुने भएको छ अमेरिकामा रहेका जेठा छोरा नेपाल आएपछि मात्र अन्त्येष्टि गर्ने भनिएकोले बरालको शब अस्पतालमा नै राखिएको परिवारजनले जानकारी दिएका छन् ।

३० फाल्गुन २०८०, बुधबार १६:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा