Play

‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री

गुरुकुल खबर


काठमाडौँ, : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।

नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आइतबार सिंहदरबारमा भएको भेटममा उनले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गरे ।

“मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ” प्रधानमन्त्री प्रचण्डले भने , “यसले समग्र विश्व एक अन्तरआवद्ध समुदाय हो भन्ने कुराको सशक्त सन्देश प्रवाह गर्नेछ ।”

यस्ता कार्यक्रमले विभिन्न क्षेत्रका युवाहरूलाई देशप्रति समर्पित, अनुशासित जिम्मेवार भावी नेतृत्व र नागरिकका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रियता, नेतृत्व, आत्मविश्वास र देशका लागि स्वयंसेवा गर्ने प्रतिबद्धता गर्ने बताए  ।

कार्यक्रमले युवामा आत्मसम्मानको विकासमा मात्र नभई सामुदायिक विकास र आवश्यक परेका समयमा स्वयंसेवा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसले ऊर्जाशील युवामा वहुआयामिक ज्ञानको विकास हुने बताए । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान माल्दिभ्सलगायतका नेसनल क्याडेट कप्र्स’को सहभागिता रहेको थियो ।

२७ फाल्गुन २०८०, आईतवार १४:०९ मा प्रकाशित
Nabintech