Play

अन्तराष्ट्रिय महिला दिवसमा १६ जना महिला ५० हजार नगदसहित सम्मानित

गुरुकुल खबर


पोखरा, १ सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवस तथाअन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुलाई गण्डकी प्रदेश सरकारको तर्फबाट सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत  सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले संचालन गरेको उत्कृष्ट महिला सहयोग कार्यक्रम अन्तर्गत बिभिन्न क्षेत्रका १६ जना महिलाहरुलाई सम्मान गरिएको हो ।

५० हजार रुपैया सहित सम्मान गरिएका महिलाहरुमा पोखरामा मिडिया र पत्रकारिता क्षेत्रमा संलग्न फोटो पत्रकार राधिका कंडेल, रेडियोकर्मी दुर्गा अधिकारी र प्रतिक्षा काफ्ले सहित अन्य महिलाहरु रहेका छन

कंडेल राससमा फोटो पत्रकारको रुपमा कार्यरत छिन। उनले पत्रकारितासंग सम्बन्धित विभिन्न राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी छन ।

दुर्गा अधिकारी लामो समय देखि रेडियोकर्ममा संलग्न छन् भने काफ्ले कान्तिपुर पब्लिकेसनमा कार्यरत छन् ।

यसै गरि पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) की अध्यक्ष कमला गिरी उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् ।
गिरीलाई पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान गरेको हो ।

सम्मान प्राप्त गर्ने अन्य महिलाहरुमा हिमाल आरोही दिकी ल्हमु लामा, नानुमाया गुरुङ,  उद्यमीहरु हिरा भट्टराई, कान्छी गुरुङ र चन्द्रकला राना रहेका छन् ।

यसैगरि सामाजिक अभियन्ता कमला पराजुली, विनाकुमारी सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ र मनु गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, भाषा संस्कृतिबाट तारामाया थापालाई सम्मान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सहकारी तर्फ ७ वटा सहकारी सम्मानित भएका छन् । गोरखाको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सृजना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला सहकारी, स्याङजाको प्रगति महिला सहकारी, बागलुङको कालिका सहकारी तथा नवलपुरको नवज्योति महिला सहकारी सम्मानित भएका हुन् । प्रत्येक सहकारीलाई ७५ हजारका दरले रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव प्रकाश पौडेलले जानकारी दिए ।

उनीहरुलाई गण्डकीका नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।

२५ फाल्गुन २०८०, शुक्रबार २२:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा