Play

शिक्षक संघ कास्कीको शिक्षक सम्मान र प्रतिनिधिसभा, जनताको असन्तुष्टि बिद्रोहमा परिणत भए दुखद-पूर्व मन्त्री केसी

नेपाल शिक्षक् संघ कास्कीको प्रतिनिधि सभा र शिक्षक सम्मान कार्यक्रम सम्पन्न


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व शिक्षा मन्त्री अर्जुन नरसिंह केसीले मुलुकका शैक्षिक समस्या समाधान गर्नको लागि शिक्षक संघले नेपाली काँग्रेस र सरकारलाई समेत दबाब दिन सक्नुपर्ने बताएका छन् । नेपाल शिक्षक संघ कास्कीको २५ औं प्रतिनिधिसभाको शनिबार पोखरामा उद्घाटन गर्दै काँग्रेस नेता केसीले शिक्षकको मर्यादा कायम राखेर शैक्षिक गुणस्तर वृद्धि गर्न आबश्यक रहेको भन्दै निजि क्षेत्रको तुलनामा सामुदायिक वा सरकारी शिक्षा कमजोर बन्दै गएको भनि चिन्ता प्रकट गरे ।

नेपाली बिद्यार्थीहरु बिदेशमा पढ्न जाँदा जनशक्ति र पैसा समेत विदेश पुगेको उनले बताए’ बिगतमा राम्रा कलेजहरुमा भर्नाको लागि भनिदिनुपर्यो भनेर बिद्यार्थी र अभिभावकहरु आउंथे तर आजकाल कलेजमा पढ्ने बिद्यार्थी नआएर कोटा समेत पुरा हुँदैन’ केसीको भनाई थियो

देशमा निराशा र असन्तुष्टी बढेकोमा चिन्ता प्रकट गर्दै काँग्रेस नेता केसीले जनताको निराशा र असन्तुष्टि बिद्रोहमा परिणत भयो भने त्यो दुखद हुने उल्लेख गरे । उनले नेपाली काँग्रेसका हालका गतिबिधि प्रति पनि असन्तुष्टि प्रकट गरे।

‘एउटा भात्री संस्थाको केन्द्रीय समिति ७ सय जनाको बनाईन्छ अनि त्यो संस्थाले बैठक गर्न पनि पार्टी प्यालेस खोजेर हिड्नुपर्ने अबस्था छ। यस बाहेक पार्टी सामुहिक नेतृत्वबाट अगाडी बढ्न नसक्ने अवस्था देखेको छु’ उनले बिगतमा गिरिजाबाबु संग आफुले नै पार्टीलाई एकल बाट सामुहिक नेतृत्वमा लैजानुपर्छ भनेर लबिंग गरेको भएपनि अहिलेको अवस्था हेर्दा सामुहिक नेतृत्वबाट पार्टी चल्न नसकेको आफुलाई लागेको स्पष्ट पारे । यसको लागि पार्टीको बिधान संसोधन गर्नुपर्नेमा उनले जोड दिए

२१ औं शताब्दीको नेतृत्व लोकतान्त्रिक हुनुपर्ने कुरामा जोड दिंदै उनले भने ‘अधिनायकबादी सोचको नेतृत्व पार्टीभित्र मौलाउंदै गएको छ, यस्तो नेतृत्व बिरुद्ध मैले सदैब संघर्ष गर्दै आएको छु।  उनले गाउँ गाउँमा सिंहदरबार लैजाँदा भ्रष्टाचार पनि गाउँ गाउँ पुगेको भन्दै चिन्ता समेत प्रकट गरे।

कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्षहरु बिजयराज भण्डारी, मित्रलाल सापकोटा, शिरोमनी लामिछाने, रमेश भट्टराई, बलराम बराल र मोहन ज्ञवालीलाई शिक्षक् संघमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथि केसीले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धि र शिक्षा क्षेत्रको बिकासमा उल्लेखनीय योगदान गरेको भन्दै विभिन्न बिद्यालयहरुलाइ सम्मान गरिएको थियो। जसअनुसार पोखरामहानगर भित्रका बिध्यालयहरु मध्ये शितलादेबी सामुदायिक माबि, बालमन्दिर माबि, बिन्दबासिनी माबि, र जनप्रकाश माबि, माछापुछ्रे गाउँपालिकाका बिध्यालयहरुमध्ये माछापुछ्रे माबि, जनकल्याण माबि र देउराली माबि, रुपा गाउँपालिकाका बिश्वशान्ति माबि, अरुणोदय माबि र रिठुमाला माबिलाई सम्मानपत्र प्रदान गरिएको थियो।

यसै गरि अन्नपुर्ण गाउँपालिकाको श्रीजना माबि, भूमे माबि र ज्ञानोदय माबि तथा मादी गाउँपालिकाका धनुबास कालिका माबि, जनमन्दिर माबि र चण्डी माबिलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

सोही कार्यक्रममा संघका कास्की जिल्ला सचिब तारानाथ भण्डारीले संघको सांगठनिक प्रतिबेदन प्रस्तुत गर्दै संघले शिक्षकहरुको हकहीतका अतिरिक्त शिक्षा बिधेयकमा समाबेश गर्नुपर्ने कुराहरुको बारेमा, शिक्षा क्षेत्रको समग्र सुधारका बारेमा, शिक्षक मैत्री बाताबरणको निर्माण गर्ने सम्बन्धमा विभिन्न चरणमा विभिन्न कार्यक्रम गरेको जानकारी गराए।

यसै गरि संघका जिल्ला अर्थ सचिब निर्मल आचार्यले २०७८ चैत्र देखि हाल सम्मको ८ लाख ९४ हजार ६ सय ४२ रुपैयाको आर्थिक विवरण प्रस्तुत गरेका थिए।

नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीको सभापतित्वमा सम्पन्न संघको २५ औं प्रतिनिधि सभा एबम शिक्षक् सम्मान कार्यक्रममा पूर्व मन्त्री अर्जुननरसिंह केसी सहित नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री एबम कास्की काँग्रेसका सभापति यज्ञबहादुर थापा, काँग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, कास्की काँग्रेसका सभापति किशोर बराल, शिक्षक संघका केन्द्रीय उपमहासचिब सिता थापा, गण्डकी प्रदेश उपमहासचिब टिका भण्डारी, संघका पूर्व केन्द्रीय सदस्य बिजयालक्ष्मी कोइरालाले आफ्नो भनाई राखेका थिए ।

यसै गरि शिक्षक नेताहरु रमेश भट्टराई, बिजयराज भण्डारी, मित्रलाल सापकोटा, देबीप्रसाद बस्ताकोटी, बिष्णु प्रसाद तिवारी, संघका कास्की जिल्ला उपाध्यक्ष शिवलाल तिमिल्सेना, माछापुछ्रे माबिका प्रधानाध्यापक सन्तोष भट्टराई, शिक्षक महासंघ कास्कीका सह अध्यक्ष डिल्लीराम बराल, शिक्षा ज्योति सहकारीका अध्यक्ष दुर्गाराज बराल, पोखरा महानगरका शिक्षक संघका पूर्व अध्यक्ष भोलानाथ पौडेल, पोखरा महानगर शिक्षक संघका अध्यक्ष किरण बाबु नेउपाने, माछापुछ्रे गाउँ पालिका शिक्षक संघका अध्यक्ष बिदुर चन्द्र ढकाल, अन्नपुर्ण गाउँ पालिका शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, मादी गाउँ पालिकाका अध्यक्ष सुमना सुबेदी, कृष्ण प्रसाद तिमिल्सेना, जित बहादुर खनाल रिम बहादुर खवास र पुरुषोत्तम सापकोटा लगाएतले पनि शिक्षक र शिक्षा तथा अन्य समसामयिक बिषयमा विचार ब्यक्त गरेका थिए ।

२० फाल्गुन २०८०, आईतवार ००:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा