नेपाली काँग्रेस सम्बद्ध शिक्षकहरुको संस्था नेपाल शिक्षक् संघ कास्कीको २५ औं प्रतिनिधिसभा शनिबार पोखरामा हुने भएको छ। शिक्षक संघको बार्षिक योजना र कार्यक्रम बनाउने र संघको वर्षभरिको गतिविधिको समिक्षा गर्ने कार्यक्रमको रुपमा प्रतिनिधि सभालाई लिने गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जानकारी नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले गुरुकुल खबरलाई दिए । कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेता हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
अध्यक्ष क्षेत्रीका अनुसार प्रतिनिधि सभामा कास्की जिल्लाका ४ वटा गाउँ पालिका र पोखरा महानगरपालिकाका विभिन्न बिध्यालयमा कार्यरत शिक्षकहरु मध्ये बाट शिक्षक प्रतिनिधिको रुपमा रहेका करिब ३ सय जनाको सहभागिता रहने छ।
प्रतिनिधि सभामा संघको नेत्रित्वमा रहेर उत्कृष्ट काम गरेका शिक्षक्हरु र उत्कृष्ट बिध्यालयहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको छ। यसको साथै संघको जिल्ला सचिब तारा भण्डारीले संघको सांगठनिक प्रतिबेदन र अर्थ सचिब निर्मल आचार्यले संघको चालु आर्थिक बर्षको बजेट र कार्यक्रम संगै आगामी आर्थिक बर्षको अनुमनित बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रम पोखरा उद्याग बाणिज्य संघको सभाहलमा बिहान ११ बजे पछि हुने गरि तय गरिएको छ।