Play

नेवार पत्रकारको क्षमता अभिवृद्धि गर्न आधारभूत पत्रकारिता तालिम

गुरुकुल खबर


पोखरा, नेवा पत्रकार पुचःकास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा आधारभुत समाचार लेखन तालीम सम्पन्न भएको छ । मंगलवार सम्पन्न तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए ।

तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै  वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे ।

तालिममा  पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए ।

कार्यकममा बोल्दै नेवा पत्रकार पुचःका संरक्षक संस्था नेवा खलःकास्कीका अध्यक्षअशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवा खलः, नेवा कचाःखलः नेवामिसा पुचःतथा नेवा पत्रकार पुचःआदि स्थापना गरेको बताए । उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, नेवापत्रकार पुचःकीअध्यक्षअनिशा श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिमको समापन गर्दै अध्यक्षअनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमाअनुभव पनि बटुलेको बताईन । उनले तालिम आयोजना गर्नु ठूलो कुरा नभएको तर त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताउँदै त्यसमा नेवा पत्रकार पुचः सफल भएको बताईन ।

कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराजपौडेल, वडा सदस्यहरु लक्ष्मीपहारी, नन्दराम तिवारी, नेवा ल्याम्हपुचःकास्कीका अध्यक्ष विनित जोजिजु, नेवा मिसापुचःकास्कीकी अध्यक्ष सँगीताबज्राचार्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिज कास्कीकाअध्यक्ष दिल प्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीती बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

 

१६ फाल्गुन २०८०, बुधबार ०७:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा