Play

उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामको पुस्तक बिमोचन

गुरुकुल खबर


पोखरा,  पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शुक्रबार  पुस्तकको विमोचन गरेका हुन्  ।

पोखराका बरिष्ठ शिक्षाशसेवी एबम प्रजातन्त्रका सेनानी ऋषिकेशव पराजुुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहेका थिए । नेपालमा प्रजातन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा ऊनको ठुलो योगदान रहेको छ ।

कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि आजीवन संघर्ष, समन्वयको भुमिका निर्वाह गर्दै आउनु भएका पण्डित ऋषिकेशव पराजुलीको जीवन आगामी पुस्ताका लागि अनुकरणीय रहेको बताए ।

सामाजिक उन्नयनका लागि पराजुलीको योगदान भुल्न नसकिने बताउँदै उनले  हाम्रो समाजमा ईतिहासको अभिलेखन हुन नसकेको र त्यस्लाई पूूरा गर्ने जिम्मेवारी आँफूूहरूको भएको बताए । ऋषि केशव जस्ता सामाजिक व्यक्तित्वलाई स्थानीयस्तरमा पठनपाठनको लागि पाठ्यक्रममा राखिनुपर्ने बताउँदै उहाँले पोखरा महानगरले त्यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान गर्नुुपर्नेमा जोड दिए  ।

बरिष्ठ नाट्यविद् प्रा.डा. रामचन्द्र पोखरेलले स्व.ऋषिकेशव पराजुली स्वयम् बिबेकशील श्रष्टा र द्रष्टा दुबै रहनुुभएको बताए  । सेवा नै धर्म हो भनेर आफ्नो जीवन अर्पिएका पराजुलीले आफ्नो उत्तरार्धमा असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुलाई उद्दार हुने कर्म गर्नुुभएको उनले स्मरण गरे।

पोखराको साठीघरे पराजुलीको बंशमा जन्मिएका पराजुलीले नेपालको सबैभन्दा ठूूलो पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि करिब दुुई सय रोपनी भन्दा बढि जग्गा दान गर्न प्रेरित गर्नुुभएको पोखरेलले बताए  ।

कार्यक्रममा राष्ट्रिय मा.वि.का अध्यक्ष रामबिक्रम राणा, लेखक रबिन्द्र माकाजु, प्रकाशक दीपक बाटाजु, साठीघरे पराजुली समाजका अध्यक्ष बिश्वगोपाल पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, समाजसेवी बरुणविक्रम राणा लगायतले उहाँले समाजिक एवम् राजनीतिक क्षेत्रमा गर्नुुभएको योगदान बारे चर्चा गरेका थिए  ।

१२ फाल्गुन २०८०, शनिबार १७:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा