Play

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिता शुरु

गुरुकुल खबर


पोखरा, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरेका थिए  ।

प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित  समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ , यो खेलमा पनि निधारीत समयमा दुवै तिरबाट २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो ।

अर्को खेलमा स्नो भ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । शुक्रबार नै भएको अर्को खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले शिसुनिकेतन स्कुललाई ७–४ गोल, बालविकास इङलिस बोडिङ स्कुल नवलपुरले ग्यान बगैचा इङलिस बोडिङ स्कुल तनहुँलाई ८–१ गोल र त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल टिम ए ले फियुचर ब्राइट बोडिङ स्कुललाई ७–१ फराकीलो गोल अन्तरले हरायो ।

कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगितामा  भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्लबले गरिरहेको क्लबका अध्यक्ष सञ्जय लिगलले बताए ।

त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमले सहभागीता जनाएका छन् । खुल्ला फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार,मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

४ फाल्गुन २०८०, शुक्रबार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा