पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार जारी गरेको एउटा सूचना सामाजिक संजालमा भाइरल बनेको छ ।
पोखरा महानगर पालिकाको लामाचौर पुरन्चौर क्षेत्रम बाँदरका कारण स्थानीय जनताले दुख पाएको भन्दै बाँदर नियन्त्रणको लागि रुख काट्ने अभियान संचालन गर्न पाण्डेले सुचना नै जारी गरेका छन् ।
“आजको मितिले दस दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गर्न र गण्डकी प्रदेश सरकारको नीति कार्यक्रमलाइ सहयोग गर्न” भन्दै उनले वडाका बासिन्दाहरुलाई सुचित गरेका छन्।
उनले जारी गरेको सूचना यसप्रकार छ ।
१५ माघ २०८०, सोमबार २३:०४ मा प्रकाशित