Play

नेपाली काँग्रेसको स्थापना दिवसमा गण्डकीबाट राष्ट्रिय सभामा निर्बाचित सदस्यलाई सम्मान (भिडिओ सहित)

गुरुकुल खबर


शिरोमणी बराल

पोखरा, राष्ट्रिय सभा सदस्यको निर्बाचनमा गण्डकी प्रदेशबाट बिजयी भएका तिनजना सदस्यहरुलाई बधाई दिन नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले एक कार्यक्रमको आयोजना गर्यो । नेपाली काँग्रेस पार्टी स्थापनाको ७८ औं वर्षको अवसर परेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसको तर्फबाट निर्बाचित किरण बाबु श्रेष्ठ र पदम परियारको साथै नेकपा माओबादी केन्द्रको तर्फबाट निर्बाचित मनरुपा श्रेष्ठलाई बधाई दिईएको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण पौडेल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा सहित अन्य नेताहरुले बिजयी राष्ट्रिय सभा सदस्यहरुलाई बधाई दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले प्रजातन्त्र प्राप्तिकोलागि नेपाली काँग्रेसले स्थापनाकाल देखि नै संघर्ष गर्दै आएको बताए उनले पछिल्लो राजनीतिक घटना क्रमले राजनितिक दल हरु बिचमा मेलमिलापको आबस्यकता बढेको तर प्रमुख पार्टीप्रति जनताको बितृष्णा बढेको देखिएकोले पार्टीको जिम्मेवारीमा रहेकाहरु गम्भीर बन्नुपर्ने खाँचो औल्याए।

नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनता र देशलाइ केन्द्रमा राखेर सबैले काम गर्नुपर्नेमा जोड दिंदै पार्टी स्थापना भएको ७८ बर्ष सम्म आइपुग्दा धेरैले ज्यानको बलिदानी दिएको बताए उनले शान्ति स्थिरता र बिकाशको लागि आगामी दिनमा पनि काँग्रेसको भूमिका अझ धेरै बढेको बताउदै नेपाली जनतालाई सर्वोपरी राख्दै संविधानको मर्म र भावना अनुसार साझा एजेन्डा तयार गरेर पार्टीहरु अगाडी बढ्नुको विकल्प नरहेको बताए ।

 

कार्यक्रममा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरू किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य टीकाराम पौडेल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, नेकपा माओवादी केन्द्रका गुणखर बस्याल, ,नेपाली काग्रेसका नेता एबम पूर्व मन्त्री यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य कमला पन्त, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, नेका गण्डकी प्रदेशका उप-सभापति मेखलाल श्रेष्ठ र कल्पना तिवारी, प्रदेशका महामन्त्री बिष्णु प्रसाद लामिछाने लगायतले नेकाको स्थापना देखि हाल सम्मका गतिबिधि र अन्य पार्टी संगको सम्बन्धका बारेमा आफ्नो भनाइ राखेका थिए ।

( राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट निर्बाचित मनरुपा शर्मा,किरण बाबु श्रेष्ठ र पदम परियारसंगै नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली )

१२ माघ २०८०, शुक्रबार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा