Play

राष्ट्रिय सभामा गण्डकीबाट गठबन्धनका उमेद्वार बिजयी, गठबन्धनको केहि मत एमालेलाइ, कसले कति मत पाए ?

गुरुकुल खबर


पोखरा, राष्ट्रिय सभाको निर्बाचनमा गण्डकी प्रदेश बाट नेपाली काँग्रेसका दुइ जना र नेकपा माओबादीका एक जना सहित तीनजना नै बिजयी भएका छन् बिजयी हुनेहरुमा अन्य तर्फ नेपाली काँग्रेसका किरण बाबु श्रेष्ठ, अपाङ्ग तथा सिमान्तकृत तर्फ नेपाली काँग्रेसका पदम परियार र महिला तर्फ नेकपा माओबादीकी मनरुपा शर्मा बिजयी भएकी छन् .

गठबन्धनका तिनै जना उम्मेदवार विजयी भए पनि मत भने क्रस भएको छ । नेकपा एमालेले आफ्नो मत जोगाउँदा सत्तारुढ गठबन्धनको ६ जना जनप्रतिनिधिको मत एमालेलाई क्रस भएको छ ।

गण्डकीमा प्रदेशसभाका ६० र स्थानीय तहका १ सय ७० गरेर २ सय ३० जना मतदाता थिए । स्थानीय तहका १ सय ७० मतदातामध्ये १ सय ६९ जनामात्र मतदानमा सहभागी थिए । एमालेबाट निर्वाचित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा सहभागी थिएनन् । उनि सहकारीको रकम ठगि गरेको आरोपमा   प्रहरीले खोजि गरेपछि केहि  महिना देखि फरार छन्

प्रदेशसभाको मत क्रस नभए पनि स्थानीय तहमा एमालेले आफ्नोभन्दा ६ जनाको मत बढी पाएको छ । गण्डकीका स्थानीय तहमा सत्तारुढ गठबन्धनका १ सय १ र एमालेका ६८ जना जनप्रतिनिधि छन् । कुल ६८ मध्ये ढोरपाटनका मेयर देवकुमारलाई छोड्दा एमालेको मत ६७ खस्नुपर्ने हो । तर, एमालेले एउटा क्लष्टरमा आफ्नोभन्दा ६ मत बढी पाएको छ ।

महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटाले ७३ जनाको मत पाएकी छन् । माओवादी केन्द्रकी मनरुपा शर्माले ९५ मत पाएकी छन् । जबकि गठबन्धनका १ सय १ जना जनप्रतिनिधि स्थानीय तहमा छन् । यो क्लष्टरमा एक जनाको मत बदर भएको छ जुन मनाङको ङिस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङको हुनसक्ने सम्भावना धेरै छ । किनकि गठबन्धन उम्मेदवारको क्रस भएको ६ जनाको मत एमाले उम्मेदवारले पाएकी छन् ।

मत खसेको ट्रेण्ड हेर्दा मनाङको ङिस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले एमाले उम्मेदवार रोजेको देखिन्छ । अपांगता–अल्पसंख्यकमा पनि एमालेले एक मत बढी पाएको छ । एमालेका हेमन्द्र शेरचनले ६८ मत पाएका छन् । एमालेले पाएको बढी एक मत मनाङको ङिस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङको हो । किनकि यो क्लष्टरमा गठबन्धनको जति मत हो कांग्रेसका उम्मेदवारले त्यति नै जनाको मत पाएका छन् ।

कांग्रेसका पदम परियारले १ सय १ जनाको मत पाएका छन् । पदमको हकमा भने मत क्रस भएको छैन । महिला क्लष्टरमा एमालेकी उम्मेदवार देवकोटामा मत दिएका ६ जना गठबन्धनका जनप्रतिनिधिले पदमलाई नै मत हालेका छन् ।

खुल्लातर्फ भने गठबन्धनको एक मत क्रस भएको छ । एमालेका चक्रबहादुर पराजुलीले ६९ जनाको मत पाएका छन् जबकि एमालेको ६७ मात्र हो । स्वतन्त्र निर्वाचित उपाध्यक्ष छिरिङले मत दिँदा पनि बाँकी एक मत रहन्छ । कांग्रेसका किरणबाबु श्रेष्ठले एक सय जनाको मत पाएका छन्। जबकि गठबन्धनको कूल मत १ सय १ हो । यो क्लष्टरमा गठबन्धनको एक मत एमालेलाई गएको छ ।

बिजयी एबम अन्य उमेद्वारले प्राप्त गरेको मत यसप्रकार छ।

result final (1)

११ माघ २०८०, बिहीबार १८:२८ मा प्रकाशित
Nabintech