पोखरा, नेपाली काँग्रेस कास्कीको जिल्ला सम्मेलन यही माघ ९ गते हुनेभएको छ, सम्मेलनको तयारीको लागि नेपाली काँग्रेस कास्कीले पार्टीको विभिन्न तहका जिल्ला स्तरीय नेताहरु बोलाउने र सुझाब लिने क्रम पनि सुरु गरेको छ।
पार्टीको केन्द्रीय समितिले निर्धारण गरेको समयभित्र जिल्ला सम्मेलन गर्न नसकेपछी दोस्रो पटक माघ ९ गतेको मिति तोकिएको हो, कास्की काँग्रेसको नियमित बैठक समेत ४/५ महिना सम्म बस्न नसकेपछी जिल्ला सम्मेलन लगायत् पार्टी संगठनका काम समेत सुचारु हुन कठिनाइ भएको थियो ।
जिल्ला समितिको बैठक नियमित रुपमा बस्न नसक्नुको मुख्य कारण पार्टीको जिल्ला सभापति किशोर बरालको कार्यशैली नै प्रमुख कारण रहेको जिल्ला समितिका सदस्यहरुको भनाइ छ।
सभापति बरालले संगठन भित्र अनाबश्यक रुपमा विवाद बढ्ने काम गरेको, पारदर्शी ढंगबाट गर्नुपर्ने संगठनका काम आफुखुशी गर्नेगरेको र नेपाल महिला संघ, नेपाल विध्यार्थी संघ र नेपाल तरुण दल लगायतका संगठनमा जिल्लास्तरमा विवाद बढाउने काम गरेको जस्ता आरोप बराल माथि लाग्दै आएको छ।
यस्तै विषयमा हुने विवाद निरुपण नहुदा जिल्ला कार्यसमितिको बैठक पनि पटक पटक कोरम नपुगेर स्थगित गर्नुपरेको थियो।
पार्टीको बिधानमा रहेको व्यवस्था बमोजिम ढिलो गरेर भएपनि जिल्ला सम्मेलन हुने भएपछी सम्मेलनलाइ प्रभाबकारी ढंगले गर्नुपर्ने सुझाब पार्टीको विभिन्न तहका नेताहरुले दिन थालेका छन्,।
सुझाब लिने क्रममा बिहिबार जिल्लास्थित विभिन्न वार्डका सभापतिहरुलाइ बोलाएर सुझाब लिइएको थियो भने बुधबार महाधिबेसन प्रतिनिधिहरुलाइ बोलाएर छलफल गरिएको थियो यसैगरि मंगलबार जिल्ला समिति सहित क्षेत्र र पालिकाका सभापतिहरु आएको बुझिएको छ।
काँग्रेसको जिल्ला सम्मेलनमा बिधानको व्यवस्था अनुसार पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाबाट गरि करिब २ हजार २ सय जति क्षेत्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् तर जिल्ला सम्मेलनको लागि चिप्लेढुंगास्थित कार्यालयको प्रांगण नै तोकिएको छ जब कि उक्त स्थान अर्थात चौरमा ५ सय जनाजतिलाइ मात्र बस्न सहज हुन्छ।
सम्मेलनमा पार्टीको केन्द्रीय समितिका सभापति शेरबहादुर देउवासहित ठुलो संख्यामा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु आउने करिब निश्चित जस्तै छ केहि आमन्त्रण गरिएका र केहि आमन्त्रण नगरिएका केन्द्रीय नेताहरुको आगमनसंगै कार्यकर्ताहरुको पनि चाप बढ्ने भएकोले जिल्ला सम्मेलनको लागि पार्टी कार्यालय भित्रको चौर साँघुरो हुने धेरैको भनाइ छ।
यस अगाडी कास्की काँग्रेसले पटक पटक जिल्ला सम्मेलन गर्ने भनेर मिति तय गरेको भएपनि जिल्ला सभापति र कार्यसमितिका पदाधिकारी र सदस्यहरुको कुरा नमिल्दा सम्मेलन हुनसकेको थिएन यसपटक भने जिल्ला समितिका सबैजसो पदाधिकारी र सदस्यहरु सम्मेलन सफल बनाउन प्रयासरत रहेको बुझिएको छ तर केहि ले भने जिल्ला कोषाध्यक्ष माइकल कर्माचार्यको आमाको निधन भएको कारण सम्मेलन केहि दिन पछि सार्न समेत सुझाब दिएका थिए ।
यसै सन्दर्भमा एक पदाधिकारीले गुरुकुल खबरसंग भने “सभापतिको कार्यशैलीमा सुधार होस् भन्ने अभिप्रायले केहि खबरदारी गरिएको मात्र हो तर संगठनको गतिबिधिलाइ प्रभाव पार्ने र संगठन कम्जोर बनाउने तर्फ कुनै साथी लागेको छैनन् बरु सभापतिकै कारण महिला संघ नेविसंघ र तरुण दल जस्ता संस्था र पार्टीको विभिन्न तहका समितिमा विवाद बढेको छ “।
जिल्ला सम्मेलनको लागि सुझाब संकलन गर्न आयोजना गरिएको छलफलमा कास्की काँग्रेसका पूर्व सभापति एबम पूर्व मन्त्रि यज्ञ बहादुर थापाले जिल्ला सम्मेलनलाइ जिल्ला सम्मेलन जस्तो गर्न सुझाब दिए , छलफल का एक सहभागीका अनुसार थापाले जिल्ला सभापति बराल लाइ शिष्ट शैलीमा कडा कुरा गरेका थिए सम्मेलन मा सचिब र कोषाध्यक्ष् को प्रतिबेदन सहित संगठन को भाबी कार्यक्रम ल्याउनु पर्ने मा थापा ले जोड दिएका थिए उनले अहिले डिजीटलाईजेसनको जमाना भएको ले सोहि अनुसार तयारी गर्न पार्टी भित्र रहेको समूह लाइ आधार मानेर अथिति र बक्ता को ब्यबस्थापन गर्न समेत थापा ले सुझाए . हालका दिनमा कर्मकाण्डी पाराले संगठन चलाए जस्तो गरि सम्मेलन नगर्न थापाले चेतावनी दिएको बुझिएको छ ।
अर्का महाधिबेशन प्रतिनिधि देबराज चालिसेले पनि जिल्ला नेतृत्वको गलत कार्यसैलीका कारण जिल्लाको महिला संघ र नेविसंघमा बिबाद बढेको भन्दै कार्यकारी पदमा बसेर लापरबाही नगर्न नेतृत्वको ध्यानाकर्षण गराए . केन्द्रको बिबाद लाइ जिल्लामा ल्याएर जिल्ला भित्र विवाद बढाउने काम जिल्ला नेतृत्वबाट भएको भन्दै चालिसेले कास्कीमा काँग्रेस को संगठन कम्जोर बनाउने काममा नलाग्न खबरदारी गरे . छलफलका सहभागीका अनुसार जिल्ला सम्मेलन लाइ पार्टी भित्र रहेका सबैको लागि साझा मंच बनाउन समेत उनले जोड दिएको थिए ।
छलफलमा जिल्ला नेतृत्वले केन्द्रिय नेता हरु पोखरा आउदा होटेलमा भेटघाट गर्ने वन्दै फेसबुकमा सूचना जारी गर्नु भन्दा पार्टी अफिस भित्र कार्यक्रम गर्ने तर्फ गम्भीर बन्न समेत कतिपयले आग्रह गरे ।
कार्यक्रममा सभापति बरालले पार्टी सभापति देउबा पर्बत र स्यांग्जाको सम्मेलनका लागि पनि आउने भएकोले तेही समय मिलाएर कार्यक्रम गर्न लागिएको जानकारी दिएका थिए ।