Play

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

गुरुकुल खबर


पोखरा ।  नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले र कोषाध्यक्षमा रिता श्रेष्ठ थापा निर्वाचित भए ।

सम्पन्न अधिवेशनले कार्यसमितिको सदस्यमा सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पर्यटनलाई जोड्न सके पर्यटकको बसाई लम्व्याउन सकिने बताए । नेपाली प्याराग्लाइडिङ खेल संगै सहाशिक खेलकुदको विकासले नेपाली पर्यटन उद्योगलाई माथी उठाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने–“खेलकुदले पर्यटकको बसाई लम्व्याउन मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्दछ । तर त्यसतर्फ ध्यान पुग्न सकेको छैन ।”

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलमा भएको दुखद दुर्घटनाको स्मरण गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशका सबै जिल्लामा प्याराग्लाइडिङ खेल विकासको सम्भावनाको खोजी गर्दै अगाडी बढ्न प्रदेश खेलकुद परिषद तयार रहेको बताए । जल, जमिन र आकाशमा हुने तिन तहकै सहाशिक खेलहरुको विकासका लागि परिषद सहकार्य गर्न तयार रहेको जनाउँदै उनले प्याराग्लाइडिङ खेलको विकास र खेलाडी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेफाका केन्द्रिय अध्यक्ष भुपेन्द्र चाम्लिङले नेफाले चाँडै नै बन्द रहेको सोलो उडान खोल्न सम्वन्धित मन्त्रालयहरु संग छलफल अघि बढाएको जनाउँदै राष्ट्रका लागि पदक दिलाउने खेलको विकासका लागि राज्य पक्ष यसबारे गम्भिर हुनुपर्ने बताए । उनले सातै प्रदेशमा खेलको विस्तार संगै खेलाडी उत्पादनमा समेत संघले आफ्ना योजनाहरु तय गरेको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य किरण राईले सहाशिक खेलको विकास नेपालमा समय सापेक्ष अनुसार विकास हुन नसकेको उल्लेख गर्दै सफल र असफलताहरुको विचबाट समयानुकुल रुपमा प्याराग्लाइडिङ खेलको विकास आवश्यक रहने कुरामा जोड दिए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटनविद बाशुदेव त्रिपाठीले पोखरा अब चाँडै पर्यटन राजधानीको रुपमा घोषणा हुन गइरहेकोले पर्यटनको राजधानीका लागि प्याराग्लाइडिङ लगायत अन्य सहाशिक खेलका गन्तव्यहरुको पहिचान र विकास आवश्यक रहने कुरामा जोड दिए ।

नेफा गण्डकी तदर्थ समितिका अध्यक्ष समेत रहेका दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शर्मिला शर्माले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष रितु श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।

२२ पुष २०८०, आईतवार १७:२९ मा प्रकाशित
Nabintech