Play

जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय कार्यशाला पोखरामा, जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश हुने

गुरुकुल खबर


पोखरा, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत आदिवासी जनजाति समुदायलाई लक्षित गर्दै राष्ट्रिय कार्यशाला पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै महासंघका संघीय महासचिव दिवश किरात राईले तीन दिनसम्म चलेको कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको धारणा राख्नु भयो ।

उहाले पछिल्लो समय जलवायु परिवर्तनको विषयबारे विश्वव्यापी  चर्चा भइरहेको बताउनुहँुदै नेपालमा सबैभन्दा बढी आदिवासी जनजाति चनाखो हुनुुपर्ने पनि उल्लेख गर्नुभयो। जलावायू परिवर्तनको विषय अहिले हट केकको रुपमा विश्वभर चर्चा र चिन्ता व्यक्त भइरहेको छ, महासचिव राईले भन्नुभयो, ‘यसको प्रभावबाट नेपालका आदिवासी जनजाति समुदाय प्रत्यक्ष ग्रसित हुने देखिएको छ । त्यसैले सचेत हुन आवश्यक छ ।’
हरितगृह ग्यासको वृद्धि भएसँगै जलवायु परिवर्तन भएको बताउनुहुँदै विश्वभर चिन्ताको विषय बनेको बताउनु भयो । ‘यसको प्रभाव नेपालमा मात्रै होइन । अन्य मुलुकमा पनि प्रभाव पर्ने भएकाले यसको न्यूनीकरण र अनुकुलनका लागि विभिन्न संस्थाले कार्यक्रम गर्दै आएको छ ।’

महासचिव राईले जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश हुने बताउदै नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको पहिचान मेटिन सक्ने धारणा राख्नु भएको थियो।  तिन दिनसम्म सञ्चालन भएको कार्यशालामा जलवायु परिवर्तन रोक्नका लागि विभिन्न संघ संस्थाहरुको योजना र प्रयासबारे चर्चा गरिएको थियो । उक्त कार्यशालामा जलवायु परिवर्तनको संकेत, कारण तथा असरहरु, यसको न्यूनीकरण र अनुकुलनहरुबारे छलफल भएको थियो ।

तालिममा नेफिन जलवायु पविर्तन साझदाी कार्यक्रमका निर्देशक टुंग राई, धनमान गुरुङ, छिरिङ वाङ्मो गुरुङ, रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनी, एइएसीका मुक्ति विक्रम क्षेत्री र आइयुसिएनका युवराज गुरागाँई लगायतले प्रशिक्षण दिनु भएको थियो।

गत १० गतेदेखि १२ गतेसम्म लेकसाइडस्थित होटल ल्याण्डमार्कमा  सञ्चालित राष्ट्रिय कार्यशालामा देशभरबाट २० जना पुरुष र २० जना महिला गरी कुल ४० आदिवासी जनजातिको सहभागिता रहेको थियो ।

१३ पुष २०८०, शुक्रबार १७:५८ मा प्रकाशित
Nabintech