Play

१४ किलो सुन सहित समातिएको घलेको टोलीले कूल एक सय ३८ किलो सुन भित्र्याएको अनुसन्धान टोलीको निष्कर्ष

गुरुकुल खबर


पोखरा, पछिल्लोपटक सुनकाण्डमा पक्राउ परेका गोरखाका मीनबहादुर घले र चन्द्र घलेले कूल एक सय ३८ किलो सुन अबैध तरिकाले नेपाल ल्याएको रहस्य खुलेको छ । १४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका गोरखाका मीनबहादुरे र चन्द्रल उक्त परिमाणको सुन भित्र्याएको छानविन समितिले पत्ता लगाएको छ ।

त्रिभुवन विमानस्थलबाट मंसिर २२ गते बरामद गरेको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय छानबिन समितिले उक्त रहस्य बाहिर ल्याएको हो ।

छानविन प्रतिवेदनमा दुबईबाट अंकित अग्रवाल र गुरू भनिने दुई भारतीय नागरिकले मीन बहादुर घले र चन्द्र घलेमार्फत सुन पठाउने गरेको पाइएको हो । यसरी सुन ल्याउन मीनबहादुर र चन्द्र घलेसँगै स्याङ्जाका कृष्ण कुमार श्रेष्ठ पनि जोडिएका थिए ।

ल्याइने सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसी लगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार चेकजाँच छलेर सुन बाहिर निकाल्ने गरिएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ ।

रमेश देउला, राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेक बहादुर तामाङ र शेरबहादुर बस्नेत लगायतका विमानस्थलमा सफाइदेखि शौचालयमा काम गर्ने जिम्मेवारी पाएकाहरूले सुनलाई चेकजाँच छलाएर बाहिर लाने गरेका थिए । त्यसरी बाहिर पुगेपछि चन्द्र बहादुर घलेले सुन सम्बन्धित व्यक्तिलाई दिने गरेको अनुसन्धानबाट थाह भएको छ ।

८ पुष २०८०, आईतवार १६:३७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा