Play

मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा, खेलकुदमन्त्रीले लिम्बुले उद्घाटन गर्ने

गुरुकुल खबर


पोखरा, पोखरामा भोलि हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सकिएसँगै प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने भएका छन् ।

पोखरा ६ लेकसाइड बाराहीचोकस्थित मैदानमा हुने प्रतियोगिताका लागि खेलाडीहरु समेत पोखरा आइसकेको प्रतियोगिता संयोजक तगा प्रदेश खेलकुद परिषद सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अब सबै तयारी सकिएको छ । अलिअलि छुटपुट बाहेक आवश्यक काम सम्पन्न भइसकेको छ’ उनले भने, ‘खेलाडीहरु समेत सबै पोखरा आइसकेका छन् । अब प्रतियोगिता आयोजना गर्न मात्रै बाकीँ हो ।’

मार्सलआर्ट अन्तरगतको मुवाँथाई पछिल्लो समय निकै प्रख्यात छ । विश्वमै लोकप्रिय बन्दै गइरहेको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्’ क्षेत्रीले भने ।

प्रतियोगिता हेर्नका लागि दर्शकले कुनै शुल्क तिर्नुपर्ने छैन् । निशुल्क रुपमै उक्त खेल अवलोकन गर्नपाउने क्षेत्रीले सुनाए । ‘यो खेल हेर्दा कुनै शुल्क लाग्ने छैन् । हामीले मुवाँथाई खेलको विकास गर्नका लागि निशुल्क दर्शक प्रवेशको व्यवस्थापन समेत गरेका हौं ।’ प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् ।

८ पुष २०८०, आईतवार १६:३० मा प्रकाशित
Nabintech