Play

लाहुरे टोलमा सडक ढलान

गुरुकुल खबर


लेखनाथ, स्थानीय उपभोक्ता र वडाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं. २६ को स्वर्णिम लाहुरे टोलमा बाटो ढलानको कार्य सम्पन्न भएको छ । ढलान सडकको शनिवार पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् ।

सडकको उद्घाटन् गर्दै, अध्यक्ष थापाले टोलमा पहिलो प्राथमिकताको रुपमा रहेको सडक पूर्वाधारमा स्थानीय जनसहभागिता सहित निर्माण सम्पन्न भएको बताए ।

अध्यक्ष थापाले वडामा गत र यस आर्थिक बर्षमा सडकलाई प्राथमिकता दिईएको उल्लेख गर्दै, आगामी आर्थिक बर्षहरुमा शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गरिने स्पष्ट पारे ।

बिगतको समयमा सडक पूर्वाधार अधुरा रहेकाले दुई बर्षको धेरैजसो बजेट यो क्षेत्रमा खर्चनु परेको उल्लेख गर्दै, अध्यक्ष थापाले अव गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिईने बताएका हुन् ।

बाटो निर्माण समितिका अध्यक्ष भिम बहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाट, जमुना गुरुङ लगायतले बोलको थिए ।

वडाको एक लाख ५० हजार र स्थानीयको दुई लाख ३० हजार रुपैयाबाट ६५ मिटर सडक ढलान भएको हो ।

२५ मंसिर २०८०, सोमबार १५:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा