Play

युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भुकम्प प्रभावितलाइ न्यानो कपडा वितरण

गुरुकुल खबर


पोखरा, युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित क्षेत्रमा पुगी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भुकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो ।

सोे अवसरमा बिसौनीचौरका १ सय ५० जना बिद्यार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावक सहित असहय हरु गरी सय जनालाई सिरक वितरण गरिएको हो । सो अवसरमा वोल्दै चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष विरेन्द्र रोकायाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो वडामा रहेका भुकम्प प्रभावितलाइ लक्षित गरी जाडो याममा न्यानो कपडा बितरण गरेर आफ्नो वडाका जनतालाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।

त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम रोकायाले गण्डकी प्रदेशबाट भुकम्प प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक मार्फत युनाइटेड क्लब संग सहकार्य गरी आफ्नो ठांउमा सहयोग ल्याउन सफल भएको वताउदै युनाइटेड क्लबको सहयोगले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलाई ठूलो टेवा पुगेको बताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापनका कालदेखीनै सामाजिक काममा अगाडि वढिरहेको र अहिले आएर रुकुम पश्चिममा भुकम्प प्रभावितलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

त्यस्तै युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा बिपद ब्यवस्थापन कोष मार्फत नेपाल भरि कुनैपनि ठांउमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा हालै कार्तिकको १७ गते भुकम्पले तहस नहस गरेको रुकुम पश्चिममा आएर विद्यार्थी संगै अभिभावकहरुलाई समेत सहयोग गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

युनाइटेड क्लबका सदस्य जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यालय निरीक्षक अतिराम वली, विद्यालयका प्रध्याना ध्यापक वल बहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पान बहादुर क्षेत्री लगायतले बोलेका थिए ।

१८ मंसिर २०८०, सोमबार १२:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा