Play

मैत्रिपूर्ण फुटसल सम्पन्न

गुरुकुल खबर


पोखरा, नेपाल खेलकुद महासंघको १५ औं स्थापना दिवसको अवसरमा महासंघ गण्डकी प्रदेश कमिटि र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीसंग मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा–१४, हबेली मार्ग स्थित न्यू एयरपोर्ट फुटसलमा विहिबार भएको मैत्रिपूर्ण फुटसल प्रतियोगितामा महासंघ गण्डकीले मञ्च गण्डकीलाई १०—६ को गोल अन्तरले पराजित गरी विजयी भएको हो ।

मञ्चका उपाध्यक्ष एवं खेल संयोजक सुरज श्रेष्ठको कप्तानीमा मैदानमा उत्र्रिएको मञ्चले सुरुवाती चरणमै २ गोलको सामना गरेको थियो भने महासंघको तर्फबाट महासचिव बिष्णु पुन सहितका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

महासंघका केन्द्रिय महासचिव युवा नेता बिष्णु पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्दै महासंघले यस बर्ष भरी नै पालिकाहरुमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने बताए । उनले खेलाडीहरुको प्रोत्साहनको लागि फुटवल सहितका केही राष्ट्रिय स्तरका प्रतियोगिताहरु समेत गर्ने तयारी गरेको जनाए । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खेल गतिविधि हुनुले खेलाडी र खेलकुदको विकास हुने हुँदा यस्ता प्रतियोगिताँनिरन्तर रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्न पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु निरन्तर रुपमा हुनै पर्ने उनको भनाई थियो । “खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार” भन्ने मुल नाराका साथ महासंघले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने भएको महासंघ गण्डकीका कार्यबहाक अध्यक्ष दीपेन्द्र शर्माले बताए । महासंघको स्थापना दिवसको उक्त अवसरमा केक समेत काटिएको रमेश कार्कीले बताए ।

 

१५ मंसिर २०८०, शुक्रबार १३:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा