Play

प्रहरी पोष्ट राख्न गएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने १४ जना पक्राउ

गुरुकुल खबर


पोखरा, सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको आरोपमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि उनीहरुले ढुंगामुढा गरेका थिए ।

सो क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते हुन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)कुमोध ढुंगेलका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई शुक्रबार नै नियन्त्रणमा लिइएको भने आज थप १० जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले स्थानीय जयमान वाइबा, सूर्यमान तामाङ, सुकबहादुर वाइबा, हर्कबहादुर तामाङ, तुलाराम तामाङ, अशोक तामाङ, दिपक तामाङ, मानबहादुर तामाङ, राजमान तामाङ, अन्जु तामाङ, माइली तामाङ, सन्यमाया तामाङ, माया तामाङ र अञ्जी तामाङलाई नियन्त्रणमा लिएको एसपी ढुंगेलले जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००÷२२०÷१३२÷११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ। सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ। यसवापत मुअब्जा पनि वितरण भइसकेको तर असम्वन्धित मान्छेले अनाबश्यक बखेडा झिकी मानव वस्ती नजिक सवस्टेसन राख्न लागेको भन्दै विरोधमा उत्रिएको प्राधिकरणको भनाई छ ।

२ मंसिर २०८०, शनिबार १५:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा