Play

गण्डकी प्रज्ञा–प्रतिष्ठान र दि स्पिक इन साइलेन्स स्विजरल्याण्डले सहकार्य गर्ने

गुरुकुल खबर


पोखरा, गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र संस्कृतिको आदान–प्रदानका कार्यक्रम गरिने बताइन् । उनले नेपालको सुन्दरतासँगै यहाँको संस्कृतिको बारेमा खुलेर प्रशंसा गरिन् ।

गण्डकी–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले एम.ओ.यू. सम्झौता सँगै दुई संस्था मिलेर कला, संगीत र संस्कृतिको क्षेत्रमा काम गरिने जनाए । यसरी सहकार्य गर्दा विदेशमा यो क्षेत्रमा प्रयोग भइरहेका विभिन्न नवितम् ज्ञान समेत जान्ने बुझ्ने अवसर मिल्ने उनको भनाइ छ । एक अर्काबिचको सहकार्यमा प्रभावकारी कार्यक्रम गर्न सकिने भएकोले नेपालका रहेका विभिन्न प्रज्ञा–प्रतिष्ठान, संस्था सहित विभिन्न देशमा क्रियाशिल संस्थासँग समेत सहकार्य गर्ने कार्य भइरहेको सुनाए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षातामा भएको कार्यक्रममा स्वागत उपकुलपति गोरे गुरुङले गरेका थिए ।

 

२४ कार्तिक २०८०, शुक्रबार १५:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा