Play

प्रदेशका काँग्रेस सांसदको १५ दिनको तलब भूकम्प पीडितलाई

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले १५ दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पका पीडितहरुलाई यो सहयोग पठाउन लागिएको हो । भूकम्पका कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्यहरूको १५ दिन बराबरको तलब रकम नेपाली काँग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भूकम्प प्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध समेत गरेको छ ।

 

२१ कार्तिक २०८०, मंगलवार १५:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा