Play

भौतिक तथा मानवीय बिकास विना मानब अधिकारको पूर्ण प्रत्याभुति असम्भव : जिसस कास्की प्रमुख पौडेल

गुरुकुल खबर


पोखरा, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भौतिक तथा मानवीय बिकास विना मानवअधिकारको पूर्ण प्रत्याभुति असम्भब भएको बताएका छन् ।

नेपालको संविधानले आधारभुत अधिकार सहितका मानव अधिकारको पूर्ण प्रत्याभूत गरेको बिषय भएको र कास्कीका कुनै पनि नागरिक मानव अधिकारको पहुँचबाट टाढा हुन नपर्ने गरी कार्य गर्न कास्कीका सम्पूर्ण पालिका सहित सरोकारवालाहरूलाइ उनले आग्रह गरे ।

पौडेलले मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीको सम्पन्न समिक्षा बैठकको अध्यक्षता गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष पौडेलले दिगो बिकासको लक्ष्य प्राप्तिको आधारभुत बिन्दु नै मानव अधिकारको कार्यान्वयनबाटै शुरु हुने हुँदा मानव अधिकार उल्लंघनका गुनासा सुन्नु नपर्ने गरि कार्यगर्न आग्रह गरे । मानव अधिकार मैत्री नीति नियम ऐन कानुनको पूर्ण कार्यान्वयनमा कुनै कसर बाँकी नराख्न पौडेलले आग्रह गरे । न्युनतम मानव अधिकारको प्रत्याभुती बिना हुने बिकासले कुनै अर्थ नराख्ने भन्दै समतामूलक समाज बिकास र ब्यक्ति ,समाज र राष्ट्रको सर्वाङ्गिण बिकासमा मानव अधिकार महत्वपूर्ण हुने उनले उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासेदेव घिमिरेले सबै सरकारी र गैरसरकारी संस्थाहरूले आ –आफ्नो बिषयगत जिम्मेवारी पूरा गरेमा कार्ययोजनाको लक्ष्य पूरा हुने भन्दै सबै सरकारी निकाय यसमा गम्भीर रहेको उल्लेख गरे । नागरिकका मानव अधिकार उल्लंघनमा हुने कुनैपनी घटना क्षौम्य नहुने उनको भनाई थियो ।

नतिजामुखी कार्य टड्कारो आबश्यकता भएको भन्दै राज्यको उपस्तिथि प्रभाबकारी देखिने गरि काम गर्न उनले आग्रह गरे । बैठकमा कास्कीका पाँच ओटा पालिका सहित सदस्य रहेका सरकारी तथा गैरसरकारी सदस्य संस्थाहरूले कास्कीमा मानव अधिकारको अबस्था , कमिकमजोरी र सुधारका उपायका सम्बन्धमा प्रतिबेदन पेश गरेका थिए ।

मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समितिकाका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए ।

 

१६ कार्तिक २०८०, बिहीबार ०७:४५ मा प्रकाशित
Nabintech