Play

काठमाडौंमा एनआरएनए सम्मेलन सुरु, कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता

गुरुकुल खबर


काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका विच सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगका कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने तालिका छ ।

सम्मेलनकै क्रममा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए । उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । एनआरएनएको अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका हुन् ।

महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको थियो । एनआरएनएको संस्थापक अध्यक्ष उपेन्द्र महतो हुन् ।

सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका थिए ।

Pictures: Ratopati

३० आश्विन २०८०, मंगलवार १२:३४ मा प्रकाशित
Nabintech