Play

दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी चनौटेलाई

गुरुकुल खबर


पोखरा, पोखरामा ३५ वर्ष माथिका पुरुष विच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ ।

पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा आईतवार भएको फाईनलमा लामाचौरलाई लगाातार ३ सेटमा हराउँदै चनौटे टिमले उपाधी हात पारेको हो ।

उपाधीसँगै चनौटेले च्यांङ्ग्रा, मेडल ट्रफी र प्रमाण्पत्र तथा उपविजेता लामाचौरले भेडा, मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना,पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङले पुरस्कार प्रदान गरे ।

समापन कार्यक्रममा वोल्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले टोल विकास संस्थाहरुले गर्ने शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विकास निर्माण र सामाजिक कार्यमा स्थानीय सरकारले सधै सम्वन्य गर्ने स्पष्ट पारे । संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङले वडादशैं सामाजिक सद्भाव र एकताको प्रतिक भएको वताउँदै, यस्ता कार्यक्रमले एक आपसमा भाईचारा वृद्घी गर्ने बताए ।

उनले सबैको सहकार्यवाट कार्यक्रम सफल भएको वताउँदै, आगामी वर्ष पनि कार्यक्रमलाई
निरन्तरता दिईने वताउँनुुभयो । कार्यक्रममा ह्याण्डवलकी अन्र्तराष्ट्रिय खेलाडी विमला भुजेल, जेष्ठ नागरिक दिल वहादुर गुरुङ र वीर वहादुर तामाङलाई मायाको चिनो सहित दोशल्ला ओढाएर सम्मान गरियो । कार्यक्रममा विभिन्न सहयोगदाता, प्रायोजक, स्वास्थ्यकर्मि, कलाकार, लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तीन दिनसम्म संचालन भएकोे प्रतियोगितामा पोखराका १, १६, १९ र २० नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी १० टिमले सहभागिता जनाएका थिए ।समापनका अवसरमा स्थानिय कलाकार इशु गुरुङ, प्रतिमा गुरुङ, राजेश तामाङ र खुशीमान गुरुङले मौलिकता झल्कने साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

 

३० आश्विन २०८०, मंगलवार १२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा