Play

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, शेखरद्वारा गठबन्धनप्रति दृढ रहने प्रतिवद्धता

गुरुकुल खबर


पोखरा, कोशी प्रदेशले पुनः अर्को मुख्यमन्त्री पाएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका केदार कार्की नियुक्त भएका हुन् ।

कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए । कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए ।

दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरे । कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरे । लगतै प्रदेश प्रमुख पापुङले संविधानको धारा १६८(५) अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे ।

यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् । शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बालुवाटारमा भएको सहमतिले गठबन्धन अझै बलियो भएको दाबी उनले गरे ।

यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका छन् । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेको थियो ।

२७ आश्विन २०८०, शनिबार १४:१२ मा प्रकाशित
Nabintech