Play

मणिपाल अस्पताल तोडफोड गर्ने र चिकित्सक कुटपिट गर्ने दुई जना कारागार चलान

गुरुकुल खबर


पोखरा, मणिपालमा चिकित्सक कुट्नेहरु कारागार चलान भएका छन् । अस्पताल फोड्ने काममा समेत संलग्न उनीहरुलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

लमजुङ सुन्दरबजार नगरपालिका –६ निवासी ५७ वर्षीया सुकमाया दुराको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड गर्ने तथा चिकित्सक कुट्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

कारागार चलान हुनेमा पोखरा महानगरपालिका -१७ हनुमान टोल बस्ने ‘छावा’ भनिने शुशिल कार्की र पोखरा -५ मालेपाटन बस्ने विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए।

यस्तै, उक्त घटनामा अदालतले ७ जनालाई एक लाख धरौटी माग गरी तारेखमा रिहा गरेको छ। यसरी रिहा हुनेहरूमा पोखरा -४ का सुजित मुल्मी, पोखरा -५ मालेपाटनका अभिनास गुरुङ, पोखरा -५ का अरूण गुरुङ, पोखरा -९ का नितेश गुरुङ, पोखरा -९ नागढुंगाका विवेक गुरुङ, पोखरा -२० भलामका मनिष थापा र पोखरा -११ फूलबारीका प्रदिप गुरुङ छन्।

गत असोज ७ गते सुकमाया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याका कारण फुलबारी स्थित मणिपाल शिक्षण अस्पताल भर्ना भएकोमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो। दुराको मृत्यु पश्चात आफन्तहरूले चिकित्सकको लापरबाही भन्दै उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए।

कुटपिट तथा अस्पताल तोडफोडमा संग्लग्न ९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाई सरकारी वकिल मार्फत जिल्ला अदालत कास्कीमा पेश गरेको थियो।

२७ आश्विन २०८०, शनिबार १३:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा