Play

इजरायलबाट नेपाली विद्यार्थी लिएर नेपाल एयरलाइन्सको जहाज राति ९ बजे काठमाडौं अवतरित हुने

गुरुकुल खबर


पोखरा, लामो प्रतिक्षापछि आज राति इजरायलबाट नेपाली विद्यार्थीको उद्धार गरिने भएको छ । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज राति सवा ९ बजे काठमाडौं अवतरण गर्ने तालिका सार्वजनिक गरिएको छ ।

बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली नेपाली विद्यार्थी लिन बुधबार राति इजरायल गएको थियो । उक्त विमानले नेपाली समयअनुसार १०ः४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ र त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपाल आउने तालिका तय भएको हो ।

प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध युद्ध अगाडि बढाएको छ। कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने जनाइएको छ ।

२५ आश्विन २०८०, बिहीबार १३:२१ मा प्रकाशित
Nabintech