Play

अम्मरसिंह माविमा जोण्टा क्लबको मनोसामाजिक सुरक्षा कार्यक्रम

गुरुकुल खबर


पोखरा, ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लब अफ पोखराले मेण्टल हेल्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अम्मरसिंह माविमा कक्षा ९ मा अध्यायनर छात्रछात्राहरुमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।

कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिल्वालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याइन् । यो उमेरमा नकारात्मक सोंचको विकास भएमा त्यसले दीर्घकालसम्म असर गर्ने भएकाले उनीहरुलाई मनोसामाजिक सुरक्षाका बारेमा अवगत गराउनुपर्नेमा उनले जोड दिइन् । नेपालमा ४ प्रतिशत किशोरकिशोरीहरुमा आत्माहत्याको विचार आउने गरेको उनले सुनाइन् । यस्तो साेंच आउन नदिन दैनिक जिवनीमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

अम्मरसिंह माविका प्राचार्य तेजश्वी बरालले जोण्टा क्लवले आफ्नों विद्यालयमा यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न विद्यार्थीलाई उनले आग्रह गरिन् । जोण्टा युएन कमिटि प्रमुख सावी श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम महासचिव नेलिसा ठकुरीले सञ्चालन गरेकी थिइन् ।

 

२५ आश्विन २०८०, बिहीबार १३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा