Play

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा

गुरुकुल खबर


पोखरा, नेकपा एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । उनका एक मात्र प्रतिद्वन्दी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा विजयी शर्माले ५ सय ३१ मत ल्याए भने अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङले ५ सय ३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत ल्याए ।

यसैगरी सचिवमा लमजुङका धनञ्जय दवाडीले कास्कीका रश्मि आचार्यलाई पराजित गरे । दवाडीको ५ सय २० मत ल्याए भने आचार्यले ३ सय ३७ मत पाए । उपसचिवमा कास्कीका दामबहादुर विक ४ सय ९९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे । महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत पाइन् ।

बिहीबार भएको मतदानमा ९ सय ७ प्रतिनिधिमध्ये ८ सय ९६ मत खसेको थियो । १ सय ६२ पदका लागि ३ सय ८२ ले उम्मेदवारी दिएका थिए ।

एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए कारबाही हुने बताए पनि अन्ततः गण्डकी प्रदेश अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पीएस) र स्थायी समिति सदस्य खगराज अधिकारी (केआर) आमने सामने हुन पुगे ।

१९ आश्विन २०८०, शुक्रबार १५:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा