Play

मेरिल्याण्ड राज्यद्वारा अक्टोवर ५ लाई दशैं दिवस घोषणा गरिंदै, नेपाली अमेरिकी समुदायलाई विशेष आमन्त्रण

गुरुकुल खबर


मेरिल्याण्ड, अक्टोवर ५ लाई नेपालीभाषीहरुको महान चाड दशैं दिवसका रुपमा घोषणा गरिने भएको छ । मेरिल्याण्ड राज्यद्वारा यस्तो घोषणा गरिने भएको हो । यो सँगै सरकारी तहद्वारा दशैंलाई कानूनी मान्यता दिने मेरिल्याण्ड पहिलो राज्य बन्न पुगेको छ ।

उक्त दिन मेरिल्याण्ड राज्यको राजधानी एनियापोलिस मेरिल्याण्डा स्टेट हाउस अगाडि दिउसो ४ः३० वजे सम्म एक समारोहका बीच दशै दिवस घोषणा गरिन लागेको मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट डा. एच बी भण्डारीले जानकारी दिए । कार्यक्रममा नेपाली अमेरिकी समुदायलाई विशेष आमन्त्रण गरिएको छ ।

उक्त उपलक्ष्यमा मेरिल्याण्डस्थित हिन्दू बुद्ध मन्दिर प्रागणमा अक्टुबर ५ तारिख साझ ५ बजे बृहत नेपालको नक्शासहित दिप प्रज्जलन गर्ने कार्यक्रम रहेको नेपाली अमेरिकन कल्चरल महासचिव तरुण पौडेले अवगत गराए ।

उक्त राज्यका गर्भनर विज मोरले एचबी ९६७ नम्बरको विधेयकमा हस्ताक्षर गरेपछि कानुनी रुपमा मेरिल्याण्ड राज्यमा अक्टुर ५ दशै दिवसका रुपमा घोषणा गरिएको हो । सरकारी रुपमा नेपाली सस्कृतिको महत्वलाई स्थापित गराउन नेपालीमूलका अमेरिकी, स्टेट डेलिगेट डा हयारी भण्डारीले प्रमुख भूमिका निभाएका थिए ।डा. भण्डारीले संसदमा सो नम्बरको विधेयक प्रस्ताव एक वर्ष अगाडि प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई १३५ जना (डेमोक्रयाट र रिपलिकन दुबै पार्टीका स्टेट सांसद) ले अनुमोदन गरेका थिए ।

एक समारोहमा डा. भण्डारीले दशै नेपाली अमेरिकीहरुको सम्वृद्ध सांस्कृतिक महत्वलाई परिचित गराउन सकिएकोमा गर्व लागेको र यसले अन्य राज्यलाई पनि उत्प्ररित गर्न सघाउने नेपाली समुदायको महान चाड दशैकोमहत्वको लाई उच्च सम्मान गरेको अनुभव गरेको प्रतिक्रया मेरिल्याण्डका नेपाली अमेरिकीहरुले सुनाएका छन् ।

१७ आश्विन २०८०, बुधबार १२:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा