Play

हिन्दू–मुश्लिम दंगा भड्कने संकेतपछि नेपालगंजमा कर्फ्यु

गुरुकुल खबर


पोखरा, बाँकेको नेपालगञ्जमा कर्फ्यु लगाइएको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि प्रशासन उक्त निर्णयमा पुगेको हो । हिन्दुहरुको समूह मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको ¥यालीले बजार परिक्रमा गरेको थियो । ठूलो संख्यामा निस्किएको जुलुसमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको जनाइएको छ ।

बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ र १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि बजारमा उतारिएको छ । दुई समुदायबीच झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कफ्र्य लगाइएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्र्याली समेत आयोजना गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो ।

१६ आश्विन २०८०, मंगलवार १३:१७ मा प्रकाशित
Nabintech