Play

विश्व पर्यटन दिवसका दिन अर्थात् असोज १० मा लेकसाइडमा मिनि सडक महोत्सव

गुरुकुल खबर


पोखरा, ४४औं विश्व पर्यटन दिवस अर्थात् सेप्टेम्बर २७ का दिन पोखराको लेकसाइडमा मिनि सडक महोत्सव आयोजना हुने भएको छ ।

आयोजक पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

महोत्सवमा स्वदेशी तथा विदेशी खानाका परिकार, सांस्कृतिक कार्यक्रम, लाइभ ब्याण्डको प्रस्तुती, पञ्चे बाजा, पर्यटकीय वृत्तचित्र प्रदर्शन, गन्धर्व गायन र सडकमा मनोरञ्जन जस्ता कार्यक्रम समेटिएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । पछिल्लो समय कारोना महामारी पश्चात् पुनर्जागृत हुन लागेको पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन महोत्सव आयोजना गरिने उनले बताए ।

यस्तो छ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ती

पछिल्लो समय कारोना महामारी पश्चात् व्युतीन लागेको पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन आगामी सेप्टेम्बर २७ अर्थात् असोज १० गते बुधवारका दिन गण्डकी प्रदेश सरकार, उघोग पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रर्वधन तथा पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औं विश्व पर्यटन दिवस टुरिजम एण्ड ग्रिन इन्भेष्टमेण्ट भन्ने मुल नाराका साथ मनाउन गइरहेको कुरा जानकारी गराउँदछौँ

दिवसको पुर्वसन्ध्यामा असोज ९ गते टान गण्डकीको आयोजनामा व्यवसायीहरु, पर्यटकहरु र पत्रकारहरु सहितको मार्गी – पुम्दीकोट सम्मको एकदिने पदयात्रा कार्यक्रम आयोजना गरिएको छ ।

त्यसैगरी दिवसका दिन नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षरोपण तथा रक्तदान कार्यक्रम हुनेछ । सदाभै पोखरास्थित पर्यटकीय संघ संस्थाहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन वसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत सम्मान गरिने छ।

यसबिचमा रेवान पोखराको आयोजनामा वाराहीचोक देखी खहरे चोकसम्म साँझ पाँच बजे देखी मिनि सडक महोत्सवको आयोजना गरिनेछ । महोत्सवमा नेपाल र भारतका विभिन्न साँस्कृर्तिक कार्यक्रमहरु समेत प्रर्दशन गरिने छ भने बाजागाजा, झाँकी सहितको रयाली रहने छ साथै पर्यटकहरुलाई फुलमालाले स्वागत समेत गरीनेछ । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने उद्धेश्यसाथ आयोजित यस कार्यक्रमले आन्तरीक तथा वाहिय पर्यटनलाई पोखरा भित्रयाउन महत्वपुर्ण भुमिका खेल्ने हामीले अपेक्षा लिएका छौ ।

यस विश्व पर्यटन दिवसको अवसरमा छिमेकी मित्रराष्ट्र भारतवाट भारतीय टुर अपरेटर र भारतीय मिडिया कर्मिहरु समेत पोखरा आउदै हुनुहुन्छ भने कार्यक्रमलाई महत्वदिई नेपालका लागी भारतीय महामहिम राजदुत नविन श्रीवास्तव विशेष अतिथीका रुपमा रहनुहुनेछ । भारतवाट आउनु भएका टुर अपरेटर, मिडिया र नेपाली मिडिया, टुर अपरेटरवीच अन्तरक्रिया समेत हुनेछ

विश्व पर्यटन दिवस २०२३ को प्रमुख आतिथ्यता गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूले गर्नुहुने छ । विशेष अतिथिहरुमा गण्डकी प्रदेश सरकारका माननीय उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाज्यु, नेपालका लागी भारतीय राजदुत महामहिम नविन श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य रहनुहुनेछ ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा टुरिजम एण्ड ग्रिन इन्भेष्टमेण्ट नेपालको सन्दर्भमा अति सान्दर्भिक रहेको छ । पर्यटन क्षेत्र अर्थतन्त्रको खम्वा हो। हाम्रो व्यक्तिगत जीवन समाज र व्यवसायमा यसले केन्द्रिय भूमिका खेलेको हुन्छ । मौसम परिवर्तन र दिगो अर्थतन्त्रको विकासको समाधान खोज्नु मुल चुनौती हो । वर्ष २०२३ आल सम्मकै सबै भन्दा अधिक तापक्रम भएको रहयो । अबको पर्यटन यसमा अनुकुलन हुनुपर्ने बाध्यता छ । त्यसैले हरित क्षेत्रमा लगानीको सुनिश्चीतता आजको आवश्यकता हो । हरित लगानी मानिस र पृथ्वी दुवैका लागी अपरीहार्य रहिआएको छ ।

अन्त्यमा यस विश्व पर्यटन दिवश भव्यताका साथ सम्पन्न गर्न व्यवसायीका साथ साथै मिडियाको पनि अति नै महत्वपुर्ण भुमिका रहने हुदा सम्पुर्ण पत्रकारज्यूहरुले यस कार्यक्रमलाई महत्वदिई यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न महन्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।

पोमनारायण श्रेष्ठ
अध्यक्ष, पोखरा पर्यटन परिषद्

७ आश्विन २०८०, आईतवार १६:२९ मा प्रकाशित
Nabintech