Play

पत्रकार वासुदेव मिश्र आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

गुरुकुल खबर


पोखरा, पत्रकार वासुदेव मिश्र पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २-२ वर्षमा यो पुरस्कार प्रदान गर्ने गर्छ । प्रदान गर्ने पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । संघको शनिबार आयोजित साधारणसभामा पोखरा महानगरका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका पवनकुमार प्रजापतिले मिश्रलाई पुरस्कार प्रदान गरेका हुन् ।

पोखरामा रही दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा रहेका मिश्र हाल प्रेस युनियनको सभापति छन् भने नेपाल खबर र ढोरपाटन दैनकमा कार्यरत छन् । मिश्र नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित स्वर्गीय गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र सुशासनका लागि नागरिक समाज (सुनास) ले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट यसअघि पुरस्कृत भइसकेका पत्रकार हुन् ।

६ आश्विन २०८०, शनिबार १४:५० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा