Play

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनमा, आजै अपरान्ह राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने

गुरुकुल खबर


पोखरा, हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर शुक्रबार राति न्युयोर्कबाट उनी सिधा चीनतर्फ प्रस्थान गरेका हुन् ।

प्रधामन्त्रीलाई शनिबार बिहान हाङझाव विमानस्थलमा चीनका खेलकुद, सामान्य प्रशासन मन्त्री तथा ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले स्वागत गरेका थिए । उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने तालिका तय भएको छ । अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

त्यसपछि बेलुका ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन् । प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ जानेछन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सेप्टेम्बर ३० मा प्रधानमन्त्री नेपाल फिर्ने छन् ।

तस्विर : प्रम सचिवालय

६ आश्विन २०८०, शनिबार १४:१६ मा प्रकाशित
Nabintech