Play

डागर स्मृति प्रतिष्ठानमा दुई प्रतिभा सम्मानित

गुरुकुल खबर


पोखरा, डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसर पारेर युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई एकैसाथ पुरस्कृत एवम् सम्मानित गरेको छ ।

प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार पाँचसय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वालाई पुरस्कृत गरेको हो ।

यस्तै, प्रतिष्ठानको विधान दफा १० उपदफा ५ बमोजिम मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका प्रतिभालाई अर्पण गर्न सकिने डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई अर्पण गरेको छ ।

कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषा नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक हुन् । उनी नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक र परियोजना संयोजकसमेत रहेकी छन् । समाजसेवी उपाध्याय पोखराको ब्राण्ड बनेको न्यू मारवाडी सेवा भोजनालयका संस्थापक हुन् ।

दुई प्रतिभालाई गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. टुमाया घले, वरिष्ठ साहित्यकार सरुभक्त, पुरस्कार संस्थापक रमा पराशर र संस्थापक अध्यक्ष हिरादेवी बास्तोलाले संयुक्त रूपमा पुरस्कार तथा सम्मान अर्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टुमाया घलेले एउटी नारीको साहसले अर्की नारी पुरस्कृत हुनु गौरवको कुरा भएको बताइन् । उनले प्रतिष्ठान सामाजिक सेवामूलक गतिविधिमा क्रियाशील रहेकाले प्रतिष्ठानले कुनै स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गरेमा गण्डकी मेडिकल कलेजकातर्फबाट निःशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

वरिष्ठ साहित्यकार सरुभक्तले सत्यको अन्वेषणमा लागेकी खगोल विज्ञानकी प्रतिभाको योगदानलाई पुरस्कृत गरेर प्रतिष्ठानले सराहनीय कार्य गरेको बताए । साथै, उनले प्रतिष्ठानकी संस्थापक रमा पराशरलाई पोखरेली साहित्यमा हिन्दी साहित्य प्रवेश गराउने पोखरेली चेलीका रूपमा पनि चिनाए ।

पूर्व सम्मानित स्रष्टा भीम रानाभाटलगायतले पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, सुमल गुरुङ, मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा. तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसकेको अवस्थामा आफूलाई प्राप्त पुरस्कारको प्रेरणाले लेखनका हरेक पल प्रतिष्ठानको स्मरण हुँदै आएको धारणा राखे ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ जेका पूर्व गभर्नर योगेन्द्र प्रधान, लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष शर्मिला श्रेष्ठ, कलम साकोसका अध्यक्ष अर्जुन पोखरेल, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की अध्यक्ष कविन्द्र पोखरेलले डागर र रमा पराशरको जीवनकथा तथा व्यक्तित्व माथि प्रकाश पार्दै पराशर परिवारको सत् कर्म नै आफ्नो संगतमा रहेका सम्पूर्ण पोखरेलीका लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरे ।

रमा पराशरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले संस्था तथा स्रष्टा परिचय राखेका थिए । सोही समारोह बीच प्रतिष्ठानका सह–सचिव फडिन्द्र अकिञ्चन गोरखापत्र दैनिकको संवाददाता नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै पत्रकारिता क्षेत्रमा थप सफलताको शुभेच्छासमेत व्यक्त गरिएको थियो ।

सचिव असफल गौतमले आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष पुष्पकुमारी आचार्यको स्वागत मन्तव्य रहेको थियो ।

५ आश्विन २०८०, शुक्रबार ११:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा