Play

पुलिसलाई राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि

गुरुकुल खबर


पोखरा, नेपाल पुलिस क्लवले उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । हजारौं दर्शक माझ पोखराको लामाचौरमा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्धोन्दी चन्द्रगिरी नगरपालीका न्यू डायमण्ड युथ स्पोटेर्स क्लवलाई ३—१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पोल्टामा पार्यो । पुलिसले डायमण्ड माथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पुलिसले उपाधि सहित रु १ लाख ५० हजार नगद पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भयो । उपविजेता भएको डायमण्डले रु १ लाख रुपैैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

यस अघि लिग चरणको खेलमा पुलिसले अर्को विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई पराजित गरेको थियो । ४ टिम सहभागि खेलमा पुलिसले आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भयो । पुलिसको कुल ३ खेलबाट कुल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने डायमण्ड ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । एपिएफको चार तथा एभरेष्ट भलिबल क्लब अंकविहिन भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा पुरुष तर्फ भने ५ टिमको सहभागिता रहेको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए । हरितालिका तीज पर्वको अवसरमा सोमबार बिहान लिग त्यस पछि फाइनल खेल भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सव भएको हो ।

यसपाली राष्ट्रिय खेलाडीहरु सहभागि नहुँदा पनि उक्त प्रतियोगितामा दर्शकको भने निकै उत्साहजन रुपमा सहभागिता रहेको थियो । पोखराको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित राष्ट्रिय भलिवल कप अवलोकन गर्न दर्शकहरुको फाइनलको दिनमा निकै भिड भएर बिचमै टिकट बन्द गर्नु परेको थियो । महिला तर्फको फाइनल खेल पुलिस बिरुद्ध न्यू डायमण्ड बिचको खेल सुरु भएको केही समयमै टिकट बन्द गर्नु परेको थियो ।

२ आश्विन २०८०, मंगलवार १३:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा