Play

तीजको नाचगानमा झगडा हुँदा पाल्पामा युवकको हत्या

गुरुकुल खबर


पोखरा, तीजको नाचगानमा झगडा हुँदा पाल्पामा एक युवकको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी आइतबार राति तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको हो ।

तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जनाएका छन् ।

घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको र साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते भएका खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । स्थानीय महिला नाचिरहेका बेला युवाहरुबीच सामान्य झगडा भएको स्थानीयले बताए । प्रहरीले हत्या आरोपमा ४ युवालाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

१ आश्विन २०८०, सोमबार १२:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा