Play

तीनकुने गैरीगाउँ हत्याकाण्डका अभियुक्त सार्वजनिक, मोटरसाइकलले ठक्कर दिएको बदलामा हत्या गरेको बयान

गुरुकुल खबर


पोखरा, काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार भएको चार जनाको हत्या प्रकरण बदलाको भावनासँग जोडिएको पाइएको छ । घटनामा संलग्न अभियुक्तलाई प्रहरीले हालै सार्वजनिक गरेको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपित भण्डारीलाई प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले सांकेतिक भाषाविज्ञको सहयोगमा उनीसँग बयान लिएको थियो। उनलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले घटना स्वीकार गरेको प्रहरीको दाबी छ । मोटरसाइकलले ठक्कर दिएको निहुँमा अभियुक्तले घटना घटाएको बताइएको छ ।चाबहिल चोकमा गत जेठ महिनामा एकजना अपरिचित युवकको मोटरसाइकलले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई ठक्कर दिएको थियो । ठक्कर दिने युवक थिए, धनकुटा भिरगाउँ गाउँपालिका–२ घर भएर गैह्रीगाउँस्थित दिव्या सःमिलमा काम गर्ने १९ वर्षीय नविन राई ।

गैह्रीगाउँस्थित दिव्य स–मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो। गैह्रीगाउँको दिव्य सःमिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।

१ आश्विन २०८०, सोमबार १२:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा