Play

बैंकको ब्याजदर बढ्यो, मुद्दतीमा पैसा राख्दा अधिकतम ११.३६ प्रतिशत ब्याज

गुरुकुल खबर


पोखरा, असोज महिनाका लागि बैंकहरुले ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले आउँदो महिनाका लागि नयाँ ब्याजदर तोकेका हुन् । केन्द्रीय बैंकको नीतिअनुसार असोज महिनाको १ गतेदेखि लागू हुने नयाँ ब्याजदर बैंकहरुले भदौ मसान्त अर्थात् भदौ ३१ गते सार्वजनिक गरेका हुन् ।

बैंकहरुले मुद्दती निक्षेप (एफडी) मा अधिकतम ११.३६ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेका छन् । प्राइम कमर्सियल बैंकले असोजका लागि ११.३६ प्रतिशत अफर गरेको हो । यो भदौ महिनाको तुलनामा ४.२२ प्रतिशतको वृद्धि हो । भदौ महिनाका लागि बैंकहरुले अधिकतम १०.९० प्रतिशत ब्याजदर तोकेका थिए ।

यस्तै, तीनवटा बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११.०५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेका छन् ।

३१ भाद्र २०८०, आईतवार १५:२४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा