Play

ऐतिहासिक वाटुलेचौर तीज मेलाको तयारी पुरा, १७ टोलिले सहभागिता जनाउने

गुरुकुल खबर


पोखरा, परापूर्वकालदेखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाको तयारी पुरा भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा यही असोज १ गते हिमालय क्लवको आयोजनामा स्थानीय खेल मैदानमा हुन लागेको मेलामा आन्तरिक वाहेकका सम्पुर्ण तयारी पुरा भएको क्लवले जनाएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्ध तीज गीत र नृत्यलाई प्राथामिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जगेर्ना तथा मेलाको निरन्तरताको लागी गर्न लागिएको अध्यक्ष सुशील वस्नेतले बताए।

मेलामा १७ वटा समुहले सहभागिता जनाउने सचिव शिवराज देवकोटाले जानकारी दिए । असोज १ गते हुने मेलाको उद्घाटन १७ वटा आमा समुहका अध्यक्षले संयुक्त रुपमा गर्ने र सोही दिन सामुदायिक विद्यालय तर्फ नेपालमै उत्कृष्ट पहिलो हुन सफल वाटुलेचौरको विन्ध्यवासिनी मा.विलाई सम्मान गरिने क्लवका निर्वतमान अध्यक्ष मोहन थापाले जानकारी दिए । उद्घाटनका दिन चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योती लोहनीको प्रस्तुती रहने बताइएको छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनि वहादुर वस्नेत, सल्लाहकार रामबहादुर बानियाँ, खिमलाल अधिकारी,संयोजक तारा प्रसाद तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, महिला नेतृ लक्ष्मी पाण्डे लगायतले तीज पर्वलाई मौलिक र संस्कृतिक बनाउन कुनै कसर बाँकी राख्न नहुने बताए।

तत्कालिन कास्कीका राजा कुलमण्डन शाहकै पालादेखि वाटुलेचौर तीज गीतका लागी प्रख्यात रहेको पाईन्छ । त्यतिवेलै वाटुलेचौर, लामाचौर, भलाम, घार्मी, पुरुन्चौर, अर्मला लगायतका क्षेत्रका महिलाहरु सेती गंगा स्नान गर्न जाने र फर्किदा वाटुलेचौर मैदानमा वसेर तीज गीत गाउँदै नाचेर रमाईलो गर्ने गरेको आफ्ना पुर्वजले वताएको सचिव देवकोटाले जानकारी दिए । उनीहरु पानी पनि नखाई भोकै वसेर दिनभर नाँचगान गर्दथे । सहभागी दिदि वहिनीलाई तत्कालिन राजा शाहले नाचँ गान गरे वापत १ मोहर दिने गरेको पनि पाईएको छ ।

मेलाको ऐतिहासिक र साँस्कृतिक पक्षलाई वचाई राख्न पनि निरन्तरता दिईएको र आमन्त्रीत टोलीले परम्परागत रुपमा आ आफ्नो समुहमा वसेर गीत तथा नृत्य प्रस्तुत गर्ने वताईएको छ । १ दिन मात्र संचालन हुने मेलामा करिव ५ लाख खर्च लाग्ने क्लवले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने छ ।पत्रकार सम्मेलन पछि क्लवले शुभकामना आदान प्रदान सहित आजिवन महिला सदस्यलाई दर समेत खुवाएको थियो । पत्रकार सम्मेलनको संचालन क्लबका सचिव शिवराज देवकोटाले गरेका थिए । मेलालाई व्यवस्थित र ऐतिहासिक वनाउन विभिन्न संघ संस्था र व्यक्तिले स्वत स्फुर्त रुपमा सहयोग गरेको क्लवले जनाएको छ ।

३० भाद्र २०८०, शनिबार १५:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा