Play

एन प्याव्सन कास्कीमा नयाँ समितिको पदस्थापना

गुरुकुल खबर


पोखरा,  नेशनल प्याव्सन कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराएका हुन् ।

आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा हेमन्त अधिकारी, उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी, सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका थिए ।

पदस्थापन कार्यक्रममा निवर्तमान सचिव मनकाजी गुरुङले वर्तमान सचिव प्रेमराज अधिकारीलाई माइन्युट र निवर्तमान कोषाध्यक्ष रत्ना कुमारी गुरुङले बर्तमान कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सवैलाई समेटेर संस्थालाई मजवुद बनाएर लैजाने प्रतिवद्धता जनाए ।

‘निज विद्यालयलाई तहसनहत वनाउन सरकारले एक पछि अर्को गर्दै निति तथा विधेयक ल्याउने काम गरेको छ’ उनले भने ‘यस्तो अवस्थामा संगठनमा आवद्ध सवै एक जुट भएर हिड्नुको विकल्प छैन ।’

एन प्याव्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराईले निर्वाचित नयाँ कार्यसमितिले संस्था गरिमा बढाउन तर्फ लाग्नु पर्ने बताए ।

एन प्याव्सनका गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोचीले अहिलेको संघिन घडिमा नयाँ कार्यसमिति आएको बताउदै आउने जस्ता सुकै समस्यालाई पार गर्न यो समिति लागि पर्नु पर्ने उल्लेख गरे ।

अध्यक्षका प्रत्यासी केशवशरण पौडेलले संस्थाले दिएको हरेक जिम्मेवारी पुरा गर्न आफु सधै प्रतिवद्ध रहेको बताए ।

निर्वाचन समितिका संयोजक एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य तथा एन प्याव्सनका केन्द्रीय सदस्य राम बहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

२० भाद्र २०८०, बुधबार १०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा