Play

२३ बर्षपछि पोखरामा पुनः बाघजात्रा प्रदर्शन

गुरुकुल खबर


पोखरा, पोखराका नेवार समुदायले २३ वर्षपछि पोखरामा बाघजात्रा प्रदर्शन गरेका छन् । सोमबार सुरु भएको जात्रा २० गते अन्त्य हुने जनाइएको छ ।

बाघजात्रा आयोजना गर्न पोखरा महानगरपालिका, वडा कार्यालय, नेवा छें लगायतले साथ दिएको र जात्रा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । जात्रालाई महानगर र नेवाः खल कास्कीले संरक्षकत्व प्रदान गरेका हुन् । बाघजात्रा आयोजक समिति २०८० संयोजक जवाहरलाल श्रेष्ठले पोखरा महानगरपालिकासहित आसपास अरु पालिकाका प्रमुख, प्रदेश सरकार, सभासदसहित बाहिरी जिल्लाबाट पनि अतिथि, दर्शक र मेलामा सहभागिता जनाएको जानकारी दिए ।

यसपालिको जात्रामा राजाको रुपमा कलाकार जीतेशमान गुमाजू र रानीको रुपमा कलाकार शिवानी श्रेष्ठ गुभाजू छन् भने बाघको भूमिका सुरेश खड्गीले निर्वाह गरेका छन् । ऐनकुमार साई प्रधान सेनापतिको भूमिकामा छन् । हरेक दिनको जात्रा नेवा छेंबाट सुरु हुनेछ । सोमबार गणेशटोल, मोहरिया टोल बगर हुँदै फेरि नेवा छेंमा आएर जात्रा सम्पन्न भएको थियो । दोस्रो दिन पृथ्वीचोक नयाँबजार क्षेत्रमा यो जात्रा प्रदर्शन गरियो । बुधबार पोखरा रंगशालामा जात्रा देखाउने तयारी गरिएको छ ।

भनाई अनुसार गाउँ गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको खुसीयालीमा जात्राको चलन चलेको हो । अहिले यो नेपाली खासगरी नेवारी समुदायको मौलिक र महत्वपूर्ण जात्राको रुपमा स्थापित भएको संयोजक जवाहरलालले बताए ।

Pictures: Photo Zenith

१९ भाद्र २०८०, मंगलवार १५:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा