Play

ज्येष्ठ नागरिकलाई सार्बजनिक यातायातमा छुटको माग

गुरुकुल खबर


पोखरा, ज्येष्ठ नागरिकलाई सार्बजनिक यातायातमा पचास प्रतिशत छुट हुने ऐनमा ब्यवस्था भए पनि गण्डकी प्रदेशमा त्यो कार्यान्वयन भएको छैन । यसै बिषयलाई लिएर ज्येष्ठ नागरिक संग सरोकार राख्ने बिभिन्न संघ संस्थाहरुले आज प्रदेश सरकार, भौतिक योजना तथा यातायात मन्त्रालयमा उक्त छुट कार्यान्वयनमा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
नेपालको ज्येष्ठ नागरिक ऐन २०६२ ले गरेको ब्यवस्था र त्यस्मा भएको संशोधन २०७९ बमोजिम ज्येष्ठ नागरिकका तपशिल हक अधिकार ब्यवहारमा कुण्ठित हुँदै गएको, यो नियमावली बाग्मतिका कतिपय जिल्लामा लागु भए पनि गण्डकी प्रदेशमा  लागु नभएको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकहरुले ऐन र नियमावली अनुसार आफ्नो हक अधिकार ब्यवहारमा लागु होस् भनिरहँदा यातायात ब्यवसायमा लागेका कतिपय कर्मचारीहरुबाट अपमानित हुनु परेको कुरा रा.ज्ये.ना.महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले उक्त अवसरमा बताएका थिए ।
बिद्यार्थी, अपाङ्गता भएका ब्यक्ति लगायतकाले सार्बजनिक यातायातमा भाडा छुट पाईरहेको अवस्थामा ज्येष्ठ नागरिक प्रति सौतेनी ब्यवहार हुनु न्याय संगत नभएको तर्क रा.ज्ये.ना.महासंघ, गण्डकीका अध्यक्ष गुमान सिंहले मागपत्र प्रस्तुत गर्दा राखेका थिए । अरु भन्दा पनि सहुलियत भाडा माग गर्दाका यातायातका कर्मचारीबाट शब्दहरु असभ्य, अपाच्य समेत हुने गरेकोमा यातायातमा काम गर्ने मजदुरहरुलाई मजदुरकै कुनै संघसंस्थाले प्रशिक्षण दिन नसकेको महशुस हुन्छ ।
उक्त अवसमा गण्डकी प्रदेश सरकार, भौतिक योजना तथा यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाउन जानेहरुमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, कास्की जिल्ला, पोखरा नगर समितिका पदाधिकारीहरु समेत रहेका थिए । यसै गरी ज्ये.ना. जिल्ला संघका अध्यक्ष बिश्वेश्वर आचार्य, सचिव भिम प्रसाद सुबेदी बृद्धाश्रमहरुको प्रतिनिधित्व गर्दै पोखरा बृद्धाश्रमका सचिव धर्म बहादुर गुरुङ्ग, दिवा सेवा केन्द्रहरुको प्रतिनिधित्व गर्दै अलकापुर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका लोकनाथ ढकाल ज्ञापन पत्र बुझाउन गएका थिए ।
ऐन कार्यान्वयनमा ल्याउन लागि यातायात ब्यवस्था कार्यालय, सार्बजनिक यातायात ब्यवसायीका कम्पनी, संघसंगठन,  पोखरा महानगर पालिका लगायतका पालिकाहरु, जिल्ला प्रशासन कार्यालय र ज्येष्ठ नागरिक संघसंगठनसंग संयुक्त बैठक बस्ने र निर्णयमा पुग्दा राम्रो हुने र आफुले त्यस्को लागि पहल गर्ने कुरा भौतिक योजना तथा यातायात मन्त्रालयका मन्त्री रेशम बहादुर जुग्जालीले प्रतिनिधि मण्डललाई आश्वासन दिए । उक्त अवसरमा यातायात ब्यवस्था कार्यालयका प्रमुख डिल्लीराज रिजालले यस बिषयमा यातायात ब्यवसायीहरुसंगको बैठकमा ऐन बमोजिम यातायातमा ज्येष्ठ नागरिकहरुलाई सिटको ब्यवस्थार भाडामा छुट दिन प्रस्ताव राख्ने प्रतिबद्धता जनाएका थिए ।

८ भाद्र २०८०, शुक्रबार १३:०८ मा प्रकाशित
Nabintech