Play

स्पेनलाई महिला विश्वकपको फुटवलको उपाधी, कभेन्टी ओलिभको गोल निर्णायक

गुरुकुल खबर


पोखरा, इंग्ल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले महिला विश्वकप फुटबलको उपाधि हात पारेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै स्पेनलाई उपाधी जित्ने मुख्य आधार बन्यो ।

फाइनलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । रोमाञ्चक फाइनलमा स्पेन दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुक्यो । खेलको ७० औं मिनेटमा जेनिफर हेरमोसोले गरेको प्रहार इंग्लिस गोलरक्षक मेरि इपर्सले बचाउ गरेकी थिइन् ।

केइरा वाल्सले आफ्नो बक्समा बल ह्यान्ड गरेपछि ‘भार’ को मदतले पेनाल्टीको निर्णय गरिएको थियो । युरोपेली च्याम्पियन रहेको इंग्ल्यान्डले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेन् ।

स्पेन र इंग्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । प्रतियोगितामा ३२ वटा टिमको सहभागी थिए । स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । शनिबार तेस्रो स्थानमा लागि भएको खेल स्वीडेनले जितेको थियो ।

स्पेनको फाइनल यात्रा र उपाधि जित्नुलाई महिला फुटबलको अपूर्व उपलब्धी मानिएको छ । प्रतियोगिता सुरु हुन केही महिना अगाडि प्रशिक्षक जोर्गे भिल्लाविरुद्ध १५ खेलाडीले विद्रोह गरेका थिए । त्यसमध्ये तीन खेलाडीले मात्र स्पेनका लागि यस विश्वकपमा खेले ।

त्यस्तै लिग चरणमा स्पेन लिग चरणमा जापानको हातबाट ४–० ले पराजित भएको थियो र यसक्रममा टिमको ठूलो विरोध भएको थियो ।

४ भाद्र २०८०, सोमबार १२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा