Play

बुढिखोलामा पूल निर्माणका लागि साम्सद कार्कीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

गुरुकुल खबर


पोखरा, कास्की क्षेत्र न गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २ ( १) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बुढिखोलामा पूल निर्माणका लागि प्रदेश सभा मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको जारी अधिबेशनको शुन्य समयमा बोल्दै उनले पोखरा महानगरपालिका वडा न २१ को दोपहरे – माझगाउँ – बक्रेक – स्याङ्जाको पौवेगौडे जोड्ने ११ कि मि लामो कृषि सडक निर्माण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूर्णरूपमा संचालनमा कठिनाइ भएको बताए ।

प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तर्गत सो सडक निर्माण भएको उल्लेख गर्दै कार्कीले सो सडक निर्माणका क्रममा नै निर्माण पूरा हुनुपर्नेमा सडक निर्माण सम्पन्न भएर हस्तान्तरण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूल नबनेको उल्लेख गर्दै तत्काल सो पूल निर्माण कार्य अघि बढाउन संसद मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउदछु भनेका छन् ।

उक्त पूल नबन्दा बर्षातको समयमा आबागमनमा बाधा पुगेको भन्दै जनताहरू जोखिम मोलेर यात्रा गर्नु परेको तर्फ गम्भीरतापूर्वक ध्यान दिन सरकारसंग जोड्दार माग गर्दछु, कार्कीले भने ।

३१ श्रावण २०८०, बुधबार १२:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा