Play

नौलो घुम्ती नेपालको ६० घण्टे आधारभूत कम्प्युटर तालिम

गुरुकुल खबर


पोखरा, नौलो घुम्ती नेपालकोे आयोजना र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ६० घण्टे आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै कार्यक्रमका संयोजक मनकुमार राईले कम्प्युटरको आधारभूत ज्ञान वर्तमानको अनिवार्य आवश्यकता भएकाले संस्थाले परियोजना सञ्चालन गरेको बताए ।

नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद प्रतीकले सिकाइमा कहिल्यै पनि पूर्णता नहुने भएकाले तालिमका सिकेका कुरालाई व्यवहारमा अधिकतम लागू गर्न विद्यार्थीलाई सुझाए ।

परियोजनाका बारेमा बताउँदै कार्यक्रम संयोजक महेश विश्वकर्माले नौलो घुम्ती नेपालले ६–७ वर्ष अघिदेखि अध्ययनका लागि विभिन्न शैक्षिक सामग्री सहयोग पाउँदै आधारभूत कम्प्युटर तालिमसम्म आइपुगेको र भविष्यमा पनि यस्तै कार्यक्रम ल्याउने जानकारी दिए ।

तालिमका सहजकर्ता गण्डकी हाइटेकका प्रशिक्षक असफल गौतमले विद्यार्थी भाइबहिनीका लागि सिक्नका लागि सधैँ ढोका खुला रहेको बताए ।

सहभागीका तर्फबाट अपिल अधिकारी र समीक्षा विकले आफूहरूले तालिमबाट धेरै सीप आर्जन गरेको र आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरताको समेत अपेक्षा गरेका थिए ।

 

२७ श्रावण २०८०, शनिबार १७:५२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा