Play

जिल्ला समन्वय समितिको भुमिकामाथि परिचर्चा

गुरुकुल खबर


पोखरा, जिल्ला समन्वय समिति कास्कीले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला समन्वय समितिको भुमिका र सिमाहरू बिषयक बैचारिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । सो अबसरमा मुख्यमन्त्री पाण्डेले जिल्ला समन्वय समितिका सन्दर्भमा निर्माण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन सहित भएका अप्ठ्यारा हटाउने भन्दै आबश्यक थप कानुन बनाउन सरकारका निकायहरू क्रियाशिल बनाउने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेश सभा सदस्य तथा निबर्तमान मुख्य मन्त्री खगराज अधिकारीले जिल्लाको आधारभुत इकाइको रूपमा जिल्ला समन्वय समितिको बारेमा संविधानले ब्याख्या गरेका व्यवस्था खुल्ला दिलले कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । हाल जिससलार्ई हेर्ने अन्यौलपूर्ण अवस्थाको अन्त्य गर्न भुमिका खेल्ने भन्दै उनले जिससलाई संघीयता कार्यान्वयनको मुख्य बिन्दु बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिब रेष्मिराज पाण्डेद्वारा तयार पारिएको जिल्ला समन्वय समितिको भुमिका र सिमाहरू बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र माथि प्रतिनिधि सभा सदस्यहरू दामोदर बैरागी, मन बहादुर गुरुङ, शिव नेपाली , प्रदेश सभा सदस्य राजकुमारी भुजेल, सरस्वती गुरुङ, प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, मुख्य न्यायाधीवक्ता चिरञ्जीवी पौडेल शर्मा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, गण्डकी प्रदेशका प्रमुख सचीव लक्ष्मी कुमारी बस्नेत, पूर्व जिविस सभापति पुण्य पौडेल , निबर्तमान जिसस प्रमुख बैन बहादुर अधिकारी क्षेत्री लगाएतले टिप्पणी गर्दै अनुगमन तथा समन्वयकारी निकायको रूपमा जिल्ला समन्वय समितिलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समन्वय समितिहरूले भए गरेका व्यवस्था र अधिकारहरूको उच्चतम सदुपयोग गर्दै काम गर्न आग्रह गरे । जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष समेत रहेका पौडेलले हालसम्म महासंघको तर्फबाट जिल्ला समन्वय समितिलाई सबल कार्य सम्पादनका सबालमा भएका प्रयासहरूको जानकारी गराएका थिए ।

कार्यक्रममा कास्कीबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय समिति गण्डकी प्रदेश अन्तर्गतका जिल्लाका प्रमुखहरू, राजनितीक दलका प्रमुखहरू, कार्यालय प्रमुखहरू र संचारकर्मीहरूको उपस्थिति रहेको थियो।

उप प्रमुख सरिता मालले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए ।

२२ श्रावण २०८०, सोमबार १३:२४ मा प्रकाशित
Nabintech