Play

पोखरा–२८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो ।

कृषि उपजको आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भर बनाउनका लागि उत्पादन वृद्धि आवश्यक रहेको प्रमुख आचार्यले बताए । महानगरका ग्रामीण क्षेत्रहरू उत्पादनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले स्वस्थ उत्पादनमा उनले जोड दिए । महानगरपालिका कृषकहरूको साथमा रहेको उनले विश्वास समेत दिलाए ।

पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रमा भइरहेको उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूलाई उत्पादनसँग जोडिन उनले आह्वान समेत गरे ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि उपजको बजार सुनिश्चितता सहित उपभोक्ताहरूलाई स्वस्थ तरकारी खुवाउने आफूहरूको लक्ष्य रहेको बताए । सङ्कलन केन्द्रहरूको प्रभावकारिता ती केन्द्रहरू मार्फत बजारमा पुग्ने स्वस्थ उत्पादनसँग जोडिने उनले बताए । उनका अनुसार केन्द्रमा सङ्कलन भएको कृषि उपज महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत बजार पु¥याउने व्यवस्था मिलाइनेछ । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ ।

हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन् भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालनमा रहेका छन् ।

१० श्रावण २०८०, बुधबार १३:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा